Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

वैदेशिक रोजगारीमा संकट चुलियो

काठमाडौं–काम गर्न विदेशिने युवाको संख्या अनपेक्षितरुपमा घटन थालेको छ ।

चैत महिनामा मात्रै काम खोज्न विदेश जानेको २० हजार ५ सय ९५ जनाले कमी आएको छ । एकै महिनामा २० हजार भन्दा बढीले गिरावट आउनुले रोजगार बजारमा केही समयभित्रै संकट पैदा पर्ने देखिएको छ ।

प्रतिशतमा हिसाव गर्दा विदेसिनको गिरावट ३९ दशमलव २० प्रतिशत हुन आउँछ । यो गिरावट निकै ठूलो हो ।

प्रत्येक महिना ठूलो संख्यामा विदेशको रोजगारी अवसर गुम्दा केही समयभित्रै आन्तरिक बजारमा चर्को समस्या उत्पन्न हुने संकेत देखिन गालेको छ ।

खाडी मुलुक र मलेसियामा लागू गरिएको निः शुल्क टिकट र भिसाले सर्वसाधारणमा भ्रम पैदा हुनु तथा सवैभन्दा धेरै नेपाली कामदार जाने मलेसियाले विदेशी कामदार लिन रोक्दा त्यसको प्रतयक्ष असर वैदेशिक रोजगारीमा परेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

वैदेशिक रोजगारीमा संकट चुलियो Reviewed by marumala srinu on 6:02 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.