बुधग्रह पारगमन सोमबार
काठमाडौं–खगोलीय घटनाअन्तर्गत आउँदो सोमबार बुधग्रहको पारगमन हुनेछ।
ट्रान्जिट अफ मरकरी भनिने यो प्रक्रियामा पृथ्वी र सूर्यको बीचबाट बुधग्रह हिँडने छ ।
यो दुलर्भ घटना ग्रहणजस्तो ठूलो छायाँ नभएपनि सूर्यको सतहबाट एउटा गतिमान बिन्दु पूर्बदेखि पश्चिमतिर गइरहेको देखिनेछ ।
नेपाल एस्ट्रोनामिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले काठमाडौंबाट साँझ ४ बजेर ५५ मिनेटदेखि देख्न सकिने बताए ।
साँझ ६ बजेर ४० मिनेटमा यो मध्यावस्थामा हुनेछ भने एक मिनेटपछि नै सूर्यास्त हुने भएकाले देख्न सकिदैँन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
बुधग्रह पारगमन सोमबार
Reviewed by marumala srinu
on
6:06 PM
Rating:
Reviewed by marumala srinu
on
6:06 PM
Rating:

No comments: