यी लक्षणहरू देखापरेमा सावधान
यी लक्षणहरु देखापरेमा सावधान !
मिर्गौला बिग्रिदै गएको हुनसक्छ
मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये मिर्गौला एक हो । मिर्गौला रोगका कारण नेपालमा वर्षौनी धेरै मानिसको ज्यान जाने गरेको छ । विकासशील राष्ट्रहरुमा जनचेतनाको कमीका कारण धेरै मानिसहरुको ज्यान गरेको तत्थ्याङक देखिन्छ । जीवन व्यवहारमा सामान्य सुधार गर्दापनि यो खतरनाक रोगबाट बच्न सक्छौं । शुरु मै यसको असर देखिदैन । जब देखिन्छ तब निकै भयानक भइसकेको हुन्छ । यो रोगले मानिसलाई विस्तारै विस्तारै आक्रमण गर्ने भएको हुनाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । त्यसकारण यस रोगको बारेमा पुर्वसावधानी अपनाउन एकदमै आवश्यक छ ।
यो रोगको लक्षणहरु यस प्रकार रहेका छन् ।
# मिर्गौलामा भएको समस्याले गर्दा शरीरको टक्सीस बाहिर आउन पाउँदैन । त्यसले हाम्रो छालामा समेत असर ल्याउन सक्छ ।
# मिर्गौलामा समस्या भएपछि रगतमा यूरियाको लेवल बढ्ने हुनाले त्यसले मुख गनाउने समस्या देखिन्छ ।
# मिर्गौलामामा समस्या आएपछि रगतमा पानी र नुनको मात्रा बढ्ने गर्छ । जसले ब्लड प्रेशर बढ्ने गर्छ ।
# शरीरको बिकास बस्तु बाहिर निस्कन नपाएपछि हमेसा टाउको दुखिरहेने, उल्टी आउने हुन्छ ।
# मिर्गौला खराब हुनु लाग्दा बाराम्बार पिसाव आइरहन्छ । रातको समयमा झनै बढि हुने गर्छ ।
# पिसाप गर्ने बेला निकै पीडा हुने गर्छ । दुखाईका कारण पिसाव नहुने पनि हुनसक्छ ।
# पिसावबाट रगत वा साबुनको फिँज जस्तो आयो भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्न स्वास्थ्य विषेशज्ञहरुले बताएका छन् ।
# मिर्गौलामाबाट हाम्रो शरिरलाई नचाहिने अनावश्यक विकारहरु बाहिर जान पाउँदैन । त्यसपछि ट्यूमरको रुप लिने गर्दछ । मिर्गौलाको भागमा दुख्ने र सुन्निने वा पेट फुल्ने समस्या हुन्छ ।
# किड्नीको खराबीले गर्दा व्लडमा अक्सीजन प्रवाह हुन पाउँदैन । त्यसले गर्दा शरीर थकान र कमजोरी महसुस हुने गर्दछ ।
> जानकारी अहिले शेयर गर्नुहोला र फुर्सदमा पढ्नुहोला, (ज्ञान बढ्छ) !
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
यी लक्षणहरू देखापरेमा सावधान
Reviewed by marumala srinu
on
11:47 PM
Rating:

No comments: