Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अझै पनि बालिका किनेर मन्दिरमा चढाइन्छ

काठमाडौँ,  । मुटु ढक्क फूल्यो, मन थाम्नै सक्नुभएन ,अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले गह भरिएको आँसु बरर्र खसाल्नुभयो । देउकी प्रथाबारे तयार पारिएको ‘देवकी इन सर्च अफ देवी’ वृत्तचित्र मङ्गलबार बागबजारस्थित हलमा हेर्दाहेर्दै लामाले आँसु झार्नुभयो ।

पच्चीस वर्षअघि जारी नेपालको संविधान २०४७ मै देउकी प्रथा उन्मूलनबारे स्पष्ट उल्लेख भए पनि व्यवहारमा संविधानसभाबाट नयाँ संविधान घोषणा भइसक्दा पनि देउकी प्रथा चलिरहेको छ । पश्चिम नेपालका दार्चुला, डोटी, बैतडी, डडेल्धुरा र बाजुरा जिल्लामा करिब तीनसय वर्षदेखि चल्दै आएको यो प्रथा अझं पनि बैतडी जिल्लामा उन्मूलन हुन सकेको छैन ।
समाजमा कानुनी व्यवस्थाविरुद्ध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारीसमेत रहेको प्रहरी प्रशासनकै एक वरिष्ठ प्रहरी अधिकारीले हालै ती शक्तिपीठमा एक अबोध बालिकालाई किनेर देउकी चढाएको गोप्य कुरा वृत्तचित्रमा कैद गरिएको दृश्य प्रसारण भएपछि हलमा रहेका लामालगायत धेरै भावविह्वल हुनुभयो । नेपाल सरकारले यो प्रथा उन्मूलन गर्न कानुनी व्यवस्थापन गरे पनि कानुन पालना गराउने अधिकारीबाटै यस्तो गरिएपछि दर्शक स्तब्ध र आश्चर्यचकित बन्नुप¥यो ।
बैतडी जिल्लामा रहेका सातवटा देवीका शक्तिपीठ र महादेवका केही मन्दिरमा अहिले पनि लुकीछिपी देउकी चढाउने गरिएको छ । प्राचीनकालमा एक रुपियाँमा किनेर बालिकालाई ‘देउकी’ र बालकलाई ‘देउको’ का रूपमा चढाइने यो प्रथा बिस्तारै हट्दै गए पनि अहिले देउकीका लागि पाँचदेखि सात लाख रुपियाँसम्म तिरेर किन्ने गरिएको बताइन्छ । पाँच÷छ वर्षकी बालिका किनेर महादेव र भगवतीका मन्दिरमा पूजा गरी देउकी चढाउने गरिन्छ । सानी बालिकाको शिरमाथि कलश राखेर देवदेवीको वरपर घुमाइन्छ वा बालिकाको शिरमा देवीको तेल हालेर सबै प्रक्रिया पु¥याएपछि देउकी हुन्छिन् ।
यस्तो व्यक्तिले जीवनभर विवाह गर्न नपाए पनि गाउँमा रहेका धनी वा बलिया पुुरुषको बच्चा जन्माउन पाउँछन् । बच्चा जन्माउन पाए पनि त्यो बच्चा कसको हो भनेर स्वयम् देउकी बाबु चिनाउन सक्दैनन् ।
१४ आंँै शताब्दीमा डोटी राज्यअन्तर्गत पर्ने यी पाँच जिल्लामा राजा नागी मल्लले पहिलो पटक डोटी जिल्लाको कल्पलेक केदारमा देउकी र देउको चढाउने सुरुवात गरेको इतिहास छ । वृत्तचित्रका अनुसार देउकी चढाउन कानुनी अड्चनका कारणले केही शक्तिपीठमा देउकी र देउकोको प्रतिमा बनाएर पनि चढाउने गरिएको छ ।
देउकी प्रथा उन्मूलन गर्न पूर्व राजा वीरेन्द्रले निर्देशन दिँदै देउकी महिलालाई नेपाल प्रहरीमा भर्ती गराएको र भर्ती भएका देउकी महिला नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकसम्म भएका छन् तर सामाजिकरूपमा बहिस्कारमा पर्ने भयले आफ्नो परिचय दिनसम्म उहाँहरू डराउने गरेको कुरा वृत्तचित्रमा देखाइएको छ ।
पत्रकार देवकी विष्टको समूहले एक वर्ष लगाएर गोप्यरूपमा तयार पारिएको यो वृत्तचित्र ४५ मिनेटको छ । मुलुकमा अहिले महिला अधिकारका कुराले संविधान, ऐन, नियम र व्यवहारमा स्थान पाइरहेको र राष्ट्रपति, सभामुख र प्रधानान्याधीशसमेत महिला भएको अवस्थामा समेत नेपाल परिवर्तनको आभास हुन नसकेको सन्देश उक्त वृत्तचित्रमा छ ।
वृत्तचित्र समीक्षा गर्ने क्रममा दार्चुलाका नेपाली काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले देउकी प्रथाजस्तो कुरीति अझै बैतडी जिल्लामा रहेको खबरले आफू स्तब्ध भएको बताउँदै यस प्रथाको अन्त्यका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने धारणा राख्नुभयो । गोरखापत्रमा खबर छ ।

अझै पनि बालिका किनेर मन्दिरमा चढाइन्छ Reviewed by marumala srinu on 8:44 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.