Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बेलायती महारानीको ताजमा जडित कोहिनुरमा भारतको दावी हुनसक्दैन

विगत लामो समयदेखि भारत तथा बेलायतबीच कोहिनुर हिराका स्वामित्वको विवाद रहँदै आएको छ । यसै सन्दर्भमा भारतको केन्द्रीय सरकारले अदालतमा पेश गरेको एक जवाफले निकै चर्चा पाएको छ ।
अदालतलाई दिइएको जवाफमा केन्द्र सरकारले भारतले कोहिनुरमा आफ्नो दावी नै प्रस्तुत गर्न नसक्ने कुरा औंल्याएको छ । जवाफमा भारतीय सरकारले बेलायतद्धारा कोहिनुर हिरामाथि जवर्जस्ती कब्जा पनि नगरिएको तथा चोरी पनि नगरिएका कारण देखाउँदै कोहिनुरमाथि दावी प्रस्तुत गर्न नसकिने तर्क प्रस्तुत गरेको छ ।
अल इण्डिया ह्युमान राइट्स एण्ड सोशल जस्टिस फ्रंटद्धारा जनहित याचिका सुनुवाईका क्रममा भारतीय संस्कृति मन्त्रालयका तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता रंजीतकुमारले महाराज रंजित सिंहद्धारा ईष्ट इण्डिया कम्पनीलाई कोहिनुर हिरा दिइएको बताए । यसै क्रममा महान्यायाधिवक्ता कुमारले कोहिनुर हिरामाथि बेलायती सरकारले कुनै जवर्जस्ती नगरेको जिकिर प्रस्तुत गरे । यस अवस्थामा भारत सरकारले बेलायतबाट कोहिनुर हिरा फर्काउन कुनै दावी गर्न नसक्ने भनाइृ उनको थियो ।
यसै मुद्दामा प्रतिवादी बनाईएको भारतीय विदेश मन्त्रालयले कोहिनुरबारे आफ्नो भनाई राख्न भने बाँकी नै रहेको नवभारत टाइम्सले जनाएको छ ।
बेलायती महारानीको ताजमा जडित कोहिनुरमा भारतको दावी हुनसक्दैन Reviewed by marumala srinu on 8:35 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.