Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

मदनकृष्ण श्रेष्ठले ६६ औं जन्मदिन स्पेनमा मनाए, हरिबंशले केक ख्वाए

स्पेन । महजात्राको क्रममा युरोप भ्रमणमा रहेका बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले आफ्नो ६६ औं जन्म दिन स्पेनको कोस्टाब्लान्काका नेपालीहरु माँझ मनाएका छन्। आफ्नै जोडी हरिबंश आचार्यले केक खुबाउँदै श्रेष्ठको जन्मदिनमा खुशियाली साटासाट गरे।
जन्मदिनको उपलक्ष्यमा आँफूहरुबीच यसरी नै सम्बन्ध सधैँ प्रगाढ होस् भन्दै महजोडीले कामाना गरेका थिए। उक्त खुशियालीको क्षणमा हरिबंश पत्नी रमिला आचार्य,कलाकार नरेन्द्र कंसकार,महजोडी सुपुत्रहरु यमन श्रेष्ठ,मोहित आचार्य तथा गायिका माण्डबी त्रिपाठी पनि सहभागी थिए ।
मदनलार्इ सरप्राइज
नेपाल स्पेन समाजले आयोजना गरेको नयाँ बर्ष कार्यक्रमका लागि महजोडीको टोली बार्सिलोनाबाट कोस्टाब्लान्काका लागि प्रस्थान गरेको थियो । कलाकारहरुलाई टिकट काट्ने बेला अप्रिल १९ तारिख कलाकार मदन कृष्ण श्रेष्ठको जन्म दिन रहेको समाजका अध्यक्ष रितेश श्रेष्ठले जानकारी पाए । समाजका भएको छलफल पछि मदन कृष्ण श्रेष्ठका लागि सरप्राइज दिने व्यवस्था अनुरुप केकको ब्यबस्था गर्दै एक ठाउँमा जुटेका थिए।
कलाकारहरु रहेको होटलको बत्ती, खाना पछि एक्कासि बन्द भयो। यहाँ पनि लोड सेडिंङ भयो कि भनेर कलाकारहरुले सोच्न नपाउंदै बर्थडेकेकमा क्यान्डील बालेर ल्याएपछि, सबै जना छक्क परे। सहभागी सबैले जन्मदिनको शुभकामना गीत गाउँदै कलाकार मदनकृष्ण श्रेष्ठ प्रति समर्पित गर्दा उनि आँफै अचम्ममा परे।
जन्म दिनमा यसरी सरप्राइज दिदाँ आफूँलाई रमाइलो लागेको बताउँदै कलाकार श्रेष्ठले, पहिला पहिला जन्मदिन मनाउन रहर लाग्थ्यो र याद पनि हुन्थ्यो तर आजकल त्यति याद पनि नहुने र रहर पनि नहुने गरेको खुलासा गरे। शुभचिन्तकहरुले मायाँ गरेर जन्मदिन मनाउने योजना बनाएकोमा उनले आभार प्रकट गरे।
गैरआवासीय नेपाल संघको आयोजनामा वुमेन वेलफेरको च्यारिटीका लागि सहयोग जुटाउन आफ्नो प्रस्तुति लिएर युरोप भ्रमणमा रहेका मह जोडीले बुधबार स्पेन स्थित कोस्टाब्लान्काको बेनिडर्ममा नयाँ बर्ष बिशेष कार्यक्रम गर्दै छन्। कार्यक्रम बेनिडर्म स्थित ४ तारे होटेल मारिनामा हुँदैछ।

मदनकृष्ण श्रेष्ठले ६६ औं जन्मदिन स्पेनमा मनाए, हरिबंशले केक ख्वाए Reviewed by marumala srinu on 7:02 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.