Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

प्रिमियर लिगको उपाधि लेस्टर सिटीलाई

यसवर्षकव इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि लेष्टर सिटीले जितेको छ। लिग अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानमा रहेकव टोटनह्याम हट्सपरलाई चेल्सीले २–२ गोलको बराबरीमा रोकेपछि लेष्टरले दुई खेल खेल्न बाँकी छँदै उपाधि जितेको हो।

उपाधि दावेदारीमा कायमै रहन टोटनह्यामलाई गएरातिको खेल कुनै पनि हालतमा जित्नैपर्ने थियो।

पहिलो हाफमै ह्यारी केन र सनले एक–एक गोल गरेपछि टोटनह्याम जित नजिक पुगेको थियो । तर दोस्रो हाफमा चेल्सीका ग्यारी केहील र एडिन हाजार्डले एक–एक गोल फर्काउदै खेल बराबरीसम्म ल्याए।

प्रतिश्पर्धात्मक खेलमा यसपछि कुनै टोलीले गोल थप्न नसक्दा टोटनह्यामको उपाधि दौडबाट बाहिरिय।

टोटनह्यामको बराबरीसँगै लेष्टर सिटीले बेलायती फुटबलको इतिहासमै पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो। यो सिजनको सुरुमा प्रिमियर डिभिजनबाट रेलिगेशन हुने संभावित क्लवहरुको सूचीमा रहेको लेष्टर सिटीले सिजनभर उत्कृष्य लय जारी राख्यो ।

लिग जित्नेक्रममा लेष्टरले यो सिजनमा तीन खेलमात्रै हारेको छ।

थोरै लगानी र अपरिचीत खेलाडीहरुको टोली भनेर चिनिने लेष्टर सिटीको सफलतालाई विश्व फुटबलका महान हस्तीहरुले तारिफ गरेका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, फिफाका अध्यक्ष जियानी ईन्फान्टीनो लगायतले लेष्टर सिटीलाई बधाई दिएका छन् ।

लेष्टर सिटीले उपाधि जितेसँगै पुरस्कार रकम र अन्य विभिन्न बोनसहरुमार्फत झण्डै १ सय ५० मिलियन पाउण्ड स्टर्लीङ हात पार्नेछ।


प्रिमियर लिगको उपाधि लेस्टर सिटीलाई Reviewed by marumala srinu on 6:23 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.