Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पशुपतिनाथ क्षेत्रमा झुल्किए कलिला पुजारी


बैशाख २० 
काठमाडौं – पशुपतिनाथ मन्दिर वरपर घुमघाम गरिरहँदा एक्कासी मैले भीडभाड देखे। भीडभाडको महोललाई पच्छाउँदै जाँदा एउटा कलिलो उमेरका पुजारीले एउटा मानिसको हातमा डोरो बाँधिरहेका थिए।
सुभाष घिमिरे नाम बताउने साना पुजारी दोलखा निवासी कृष्ण घिमिरे र देवी घिमिरेका कान्छा छोरा रहेछन्। हाल गोठाटार बस्ने पुजारी घिमिरे हरेक शनिबार र सार्वजनिक बिदाको दिन बुबासँग पशुपतिनाथ मन्दिर क्षेत्रमा पुगेर दर्शन गर्न आएका भक्तहरुलाई टिका र हातमा डोरो लगाउन व्यस्त रहन्छन्। उनको हातबाट लगाइएको टिका र डोरो शुभ हुने विश्वास भक्तजनहरुको रहेको छ। उनी विभिन्न धार्मिक पाठ समेत पढ्ने हुँदा दिनँहू पाँच सयदेखि १५ सयसम्म आम्दानी गर्छन्।
बुढाखाला पुजारीले भरिभराउ हुने पशुपतिनाथ क्षेत्रमा ९ वर्षे पुजारी घिमिरेले दर्शन गर्न आएका भक्तहरुको ध्यान सजिलै आफूतर्फ तान्न सक्ने क्षमताका छन्। हाल बालसारथी एकेडेमीमा कक्षा दुईमा अध्ययरत उनी परीक्षामा समेत दोस्रो भएका थिए। उनी भविष्यमा आर्मी बनेर देश विकासमा योगदान गर्न चाहान्छन्।- Nagarik News

पशुपतिनाथ क्षेत्रमा झुल्किए कलिला पुजारी Reviewed by marumala srinu on 6:26 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.