Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कञ्चनपुरमा दुई होटल मजदुरको हत्या : एक घाइते

भीमदत्तनगर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलका दुई मजदुरको गएराति हत्या भएको छ भने एक अर्का मजदुर गम्भीर घाइते भएका छन् । - 

गएराति करिब १२ बजे सङ्गम होटलमै काम गर्दै आएका बाजुराका २० वर्षीय भीम रोकाया र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४५ वर्षीय कृष्ण विष्टको होटल भित्रै हत्या भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण चन्दले जानकारी दिनुभयो ।

त्यसैगरी, अर्का होटलमै काम गर्ने दोधारा चादँनी घर भएका ४२ वर्षीय पदमराज जोशी गम्भीर घाइते भएका छन् । घाइतेलाई प्रहरीले राति नै उपचारका लागि कोहलपुर लगेको छ । हत्यामा घरेलु हतियार प्रयोग भएको समेत प्रहरीले जनाएको छ । मृतक रोकाया ६ महिना र मृतक विष्ट एक वर्षदेखि उक्त होटलमा काम गर्दै आएका थिए ।

प्रहरीले घटनाका बारेमा हत्या लगत्तैदेखि विस्तृतमा अनुसन्धान थालेपछि कुन पक्ष वा समूहबाट भएको भन्ने यकिन हुन सकेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनाल र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण चन्दको नेतृत्वको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । केही महिनाको अवधिमा यहाँका विभिन्न स्थानमा गरी चार जनाको हत्या भइसकेको छ ।

कञ्चनपुरमा दुई होटल मजदुरको हत्या : एक घाइते Reviewed by marumala srinu on 9:59 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.