Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

यी महिलालाई हुन्छ पाठेघरको क्यान्सर बढी हुने सम्भावना -

पाठेघर के हो
पाठेघर महिलाको प्रजनन सम्बन्धित एक प्रमुख अङ्ग हो । यो पेटको तल्लो भागमा रहेको हुन्छ । पिसाब थैली यसको ठीक अगाडि र मलद्वार यसको पछाडि रहेको हुन्छ । यो नासपाती आकारको हुन्छ । फ्यालोपिओन ट्युब तथा मांसपेशी तत्वले दुवैतिरबाट यसलाई अड्याइराख्न मद्दत पु¥याएको हुन्छ ।
पाठेघरलाई तीन भागमा बाँड्न सकिन्छ –
फन्डुस  – सबभन्दा माथिको फराकिलो भाग
इस्थ्मस – बीचको साँघुरो घाँटीजस्तो भाग
सर्भिक्स  –   पाठेघरको मुख जुन तल योनीद्वारमा खुल्छ
यी महिलामा यो क्यान्सर हुने बढी सम्भावना हुन्छ–
कलिलै उमेरमा विवाह तथा यौन सम्पर्कमा संलग्न हुने
बढी पुरुषसँग यौन सम्पर्क भएका
बढी सन्तान जन्माएका
जाँड, रक्सी, चुरोट, खैनी खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका
एचआइभीइ भाइरसको सङ्क्रमण भएका
पाठेघर अथवा यौनसम्बन्धी बराबर सङ्क्रमण भइरहने
लक्षण–
सुरुको अवस्थामा कुनै लक्षण नदेखिन पनि सक्छ, तर रोग बढेको खण्डमा निम्न लक्षण देखापर्न सक्छन्ः
योनीबाट फोहर पानी बग्नु
यौनसम्पर्कपछि रगत देखिनु
महिनावारीको बीचबीचमा रगत देखिनु
महिनावारी बन्द भैसकेको अवस्थामा पनि रगत देखापर्नु
तल्लो पेट दुख्नु
क्यान्सर फैलिसकेको अवस्थामा दिसापिसाब गर्दा अप्ठ्यारो हुनु
धेरै फैलिएको अवस्थामा भने खुट्टा सुनिने, ढाड तथा कम्मर दुख्ने र दिसापिसाबमा समस्या देखिनु
प्याप स्मेयर  के हो –
प्याप स्मेयर पाठेघरको मुखको पानी जाँच गरेर क्यान्सर भएको छ कि छैन भन्ने जाँचिने प्रक्रिया हो । यसबाट क्यान्सर हुने संभावना छ कि छैन भन्ने समेत सजिलै पत्ता लाग्छ । यो एक विशेष तर सजिलो किसिमको जाँच हो । पाठेघरको मुखको क्यान्सर नियमित जाँचबाट पत्ता लगाउन सकिन्छ । हरेक विवाहित महिलाले वर्षको एक पटक नियमित प्याप स्मेयर गराउनुपर्छ । यो तरिकाबाट छिटो क्यान्सरको निदान हुनसक्छ ।
निदानका तरिका–
प्याप स्मेयर धेरै सजिलो तथा तुरुन्त गर्नसकिने जाँच हो ।
यो नजिकको स्थास्थ्य केन्द्र अस्पतालहरुमा अथवा स्त्री रोग विशेषज्ञद्वारा गर्न सकिन्छ ।
यो जाँच गर्दा दुख्दैन ।
जाँचिएको अवस्थामा बेहोस गर्नुपर्र्दैन ।
पाँच देखि १० मिनेटमा गर्न सकिन्छ ।
तुरुन्त घर फर्किनसकिन्छ ।
धेरै महंँगो छैन ।
प्याप स्मेयर गर्नुभन्दा पहिले निम्न कुराप्रति ध्यान दिनुपर्छ –
दुई दिन अगाडिदेखि यौन सम्पर्क गरेको हुनुहुँदैन ।
मलम अथवा डुस प्रयोग गर्नुहँुदैन ।
यो महिनावारी भएको बेला गर्न मिल्दैन ।
सकेसम्म एक हप्तादेखि एन्टिबायोटिक खाएको हुनुहुँदैन ।
 उपचार विधि–
प्याप स्मेयर तथा अन्य जाँचद्वारा क्यान्सर भएको निदान भएमा तुरुन्त उपचार गराउनुपर्छ । क्यान्सर विशेषज्ञ चिकित्सकसँग कसरी उपचार गर्ने भन्नेबारे सल्लाह गर्नुपर्छ । राम्रो उपचार पाएमा निको नै हुनसक्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर हो ।
शल्यक्रिया–
सुरुको अवस्थामा पाठेघर निकालेर फालेमा यो रोग निको हुनसक्छ ।
रेडियोथेरापी –
पाठेघरको उपचारमा यसको विशेष महत्व छ । विकिरणको माध्यमद्वारा पाठेघरको शल्यक्रिया नगरी यस प्रविधिबाट क्यान्सर निको पार्नसकिन्छ । पाठेघरको क्यान्सरमा रेडियोथेरापी दुई किसिमको हुन्छ –
१ एक्स्टर्नल थेरापी
बाहिरबाट विकिरण दिने : यसमा दुईवटा मेसिन सहायक हुन्छन् ।
क) टेले कोबाल्ट मेसिन
ख)लिनियर एक्सेलेटर मेसिन
२ ब्राकिथेरापी
पाठेघरभित्र नै स्रोत राखी विकिरण दिने विधि । बाहिरी रेडियोथेरापीको प्रयोगले रेडियोथेरापीको परिणाम राम्रो हुने गर्छ । यो प्रक्रियालाई पाँच हप्ता लाग्छ । त्यसपछि रेडियोथेरापीकोे स्रोतलाई पाठेघरभित्र नै राखेर गरिने उपचार पद्दतिलाई ब्राकिथेरापी भनिन्छ ।
३)केमोथेरापी
क्यान्सर फैलिसकेको छ भने यो प्रविधिद्वारा केही रोकथाम गर्न सकिन्छ ।
– नेपाल अर्बुद रोग निवारण संस्था
यी महिलालाई हुन्छ पाठेघरको क्यान्सर बढी हुने सम्भावना - Reviewed by marumala srinu on 10:27 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.