Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

डढेलोका कारण क्यानडामा संकटकाल

क्यानडाको अल्बर्टा राज्यमा संकटकाल घोषणा गरिएको छ । अल्बर्टा राज्यको फोर्ट म्याकमुर्रे सहरका ८८ हजार बासिन्दालाई डढेलोकै कारण सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको अधिकारीहरुले बताएका छन् ।
आइतबार सुरु भएको डढेलो निकै तेज गतिमा सहर तर्फ बढेपछि त्यहाँ बासिन्दाहरुलाई अन्यत्र सारिएको हो । उक्त सहर नजिक रहेका तेल कम्पनीहरुलाई पनि आफ्नो तेल उत्पादन बन्द गर्न भनिएको छ ।
अग्निनियन्त्रकहरुका अनुसार हाल १० हजार हेक्टर जंगलमा अबिले डढेलो लागेको छ र तेज हावा र गर्मीका कारण आगो झन् फैलिरहेको छ ।
डढेलोका कारण क्यानडामा संकटकाल Reviewed by marumala srinu on 12:50 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.