Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

राजविराजमा सुँगुर र कुकुरको बिगबिगी

राजविराज, २३ वैशाख । सप्तरीको राजविराज नगर क्षेत्रभित्र आजभोलि सँुगुर र कुकुरको छाडापनका कारण नगरवासी हैरान भएका छन् ।
खासगरी राजविराजको मुख्य चौकचौकमा जहाँ मानिसको चहलपहल धेरै हुन्छ, त्यस्ता ठाउँमा जताततैबाट सँुगुर र कुकुर आएर दिसा गर्नाले दुर्गन्ध फैलिएपछि बजारमा हिँड्ने मानिसलाई समस्या हुने गरेको नगरवासीले गुनासो गरेका छन् ।
करिब ६० बिघाको क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकामा सँुगुर र कुकुरको छाडापनका कारण यहाँका सर्वसाधारण जनताले दुःख पाउनुका साथै नगर भित्रको मुख्य चौकहरु– जस्तै दर्शन चौक, गजेन्द्र चौक, महावीर चौक, अस्पताल चौक, हटिया लाइन लगायतका ठाउँमा दुर्गन्ध फैलिएका कारण नाक छोपेर बाटो हिँड्न बाध्य भएको राजविराजका श्याम रजकले बताउनुभयो ।
वर्षौंदेखि यत्रतत्र सुँगुरले नगरमा सर्वसाधारणलाई हैरान पार्दै दुर्गन्ध फैलाएपनि यसप्रति नगरपालिकाले कुनै ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् । राजविराजमा सुँगुर र कुकुरको बिगबिगीले विभिन्न किसिमको रोगको सङ्क्रमण फैलाउने गरेपनि यसप्रति कसैले र कुनै संस्थाले चासो नराखेकाले नगरमा सुँगुरको बिगबिगी फैलिएको जनगुनासो पाइएको छ ।
सँुगुरले राजविराज बजारका विभिन्न भागमा रहेका गल्लीमा थुपारिएको फोहोरमा गएर दिसा गर्नाले यहाँ झन् सङ्क्रमण फैलिएर लामखुट्टेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ । यहाँ दुर्गन्ध फैलिएपछि राति सुतेको बेला लामखुट्टेले समेत सताउने गरेको सप्तरीको तरही–१ निवासी हाल राजविराजमा डेरा गरी बस्ने कौशलकिशोर साहले बताउनुभयो ।
नगरपालिकाभित्र जताततै सँुगुर र कुकुरको छाडापनले भइरहेको दुर्गन्ध हटाउन नगरपालिका अविलम्ब सक्रीय हुनुपर्नेमा नगरवासीले जोड दिएका छन् । रासस
राजविराजमा सुँगुर र कुकुरको बिगबिगी Reviewed by marumala srinu on 12:49 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.