ठग्नमा सिपालु दुई महिला पक्राउ : एउटा नक्कली सुनकाे काराेवारी अर्काे नक्कली एनजिओको कर्मचारी
धरान / ठगी गरी फरार रहेका दुई महिलालाई धरान प्रहरीले पक्राउ गरी ठगी मुद्धामा अगाडि बढाएको छ ।नक्कली सुनलाई सक्कली भन्दै झुक्याउने भारत कासिम बनारसकी ४० बर्षीया सुनिता यादव र विदेशी एनजिओको कर्मचारी भन्दै विभिन्न बहानामा रकम असुल्ने सुनाखरी दोलखा घर भएकी र हाल धरान १७ मा डेरा गरी बस्ने ३५ बर्षीया सृजना कोइराला (शिवकोटी)लाई प्रहरीले पक्राउ गरी ठगी अन्तर्गत मुद्धा चलाएको हाे।
ठगी गर्ने यादवले धरान ३ चिनिया चौकमा खड्ग वहादुर विश्वकर्माले सञ्चालन गरेकाे ओम गणेश ज्वेलर्समा वैसाख १० गते नक्कली सुनलाई सक्कली हो भन्दै ३१ ह्जार २ सय ५० रुपैया ठगेर लगेको सुचना प्राप्त भएपछि प्रहरीले खोजतलासाई तिब्र पार्ने क्रममा पक्राउ गर्न सफल भएको हाे ।
यस्तै आफू एनजिओको कर्मचारी बताउने सृजनाले भने जग्गा उपलब्ध गराउने र भुकम्पको राहत दिलादिने भन्दै विभिन्न व्यक्तिबाट ३४ हजार ४ सय रुपैया ठगी गरेको पीडितले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी सिर्जनाले धरान २३ की विष्णुमाया खड्कासंग नाता गासी आफू आइएनजिओको कर्मचारी बताउदै अबैध रकम असुलेकाे बताइएकाे छ ।
ठगीमा संलग्न दुवै महिलालाई ठगी अन्तर्गत मुद्धा चलाइएको र यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।
ठग्नमा सिपालु दुई महिला पक्राउ : एउटा नक्कली सुनकाे काराेवारी अर्काे नक्कली
एनजिओको कर्मचारी
Reviewed by marumala srinu
on
12:47 AM
Rating:

No comments: