Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

क्रुज राष्ट्रपतीय दौडबाट बाहिर

trumpImage copyrightAP
Image captionरिपब्लिनकहरुकोतर्फबाट डोनाल्ड ट्रम्प अब राष्ट्रपतिको उम्मेदवार बन्ने प्राय: निश्चित जस्तै भएको छ

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदका रिपब्लिकन आकांक्षी टेड क्रुजले चुनावी दौडबाट बाहिरिने घोषणा गरेका छन्।

महत्वका साथ हेरिएको इण्डियाना राज्यको पार्टीगत चुनावमा डोनाल्ड ट्रम्पसंग हार्ने निश्चित भएलगत्तै उनले त्यस्तो घोषणा गरेका हुन्।

विकल्प

ट्रम्प पार्टीभित्रै पनि त्यति लोकप्रिय छैनन्।

त्यसैले पनि पार्टी नेतृत्वले ट्रम्पको विकल्पको रुपमा क्रुजलाई हेरिरहेको थियो।

तर अब क्रुज चुनावी दौडबाट बाहिरिएपछि ट्रम्पलाई रोज्नुबाहेकको विकल्प पार्टी नेतृत्वसामु देखिदैंन।

ट्रम्पसंग इण्डियाना राज्यको पार्टीगत चुनावमा पराजित हुने संकेत पाएलगत्तै क्रुजले चुनावी दौडबाट बाहिरिने घोषणा गरेका थिए।

आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले गह्रुंगो मन लिएर आफूले उक्त निर्णय गरेको बताएका छन्।

उनले आफ्ना समर्थकहरुलाई भने, “सुरुदेखि नै मैले भनेको थिए, जबसम्म जिततर्फको सम्भव बाटो रहन्छ तबसम्म म निरन्तर लागिरहन्छु। तर मलाई क्षमा गर्नुहोस्, अहिले त्यो बाटो बन्द भएको छ”।

यसअघि उनले ट्रम्पलाई झुटो बोल्ने व्यक्ति भएको भन्दै उनी राष्ट्रपति पदका लागि अयोग्य भएको टिप्पणी गरेका थिए।

आफूहरुले सक्दो प्रयत्न गरेको तर मतदाताहरुले अर्कै बाटो रोजेकाले त्यसको सम्मान गर्दै आफ्नो अभियान अन्त्य गरेको क्रुजले बताए।

जितपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै क्रुज एउटा कडा प्रतिद्वन्द्वी भएको बताएका थिए।

क्रुज राष्ट्रपतीय दौडबाट बाहिर Reviewed by marumala srinu on 8:28 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.