Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

फेरि बहुमतीय सरकार बनाए मुलुकका लागि दु:खद : गच्छदार

वैशाख २३,  २०७३- राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने अवस्थामा फेरि बहुमतीय सरकार निर्माणको कसरत भइरहेकोप्रति मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारले कडा टिप्पणी गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बहुमतीय सरकार बनाउने कसरत सुरु भएपछि यसको प्रतिक्रियामा उनले कडा टिप्पणी गरेका हुन् ।

‘बहुमतको सरकार बन्नु पुष्पकमल दाहालजीको राजनीतिक भविष्य र मुलुकको भविष्यका लागि पनि सुखद होइन,’ बुधबार साँझ कान्तिपुरलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सहमतिको सरकार उहाँ र मुलुकका लागि यतिबेला उत्तम कुरा हो ।’

बजेट, नीति कार्यक्रम आउन लागेका बेला सरकारमा अस्थिरता आए अप्ठ्यारो अवस्था आउने उनले बताए । बिहान एमाओवादी अध्यक्षसित आफ्नो टेलिफोन वार्ता भएको जानकारी दिँदै गच्छदारले त्यसक्रममा आफूले सहमतिको सरकार बनाउन सके उत्तम हुने सुझाव दिएको बताए । सहमतिको सरकारका लागि आफ्नो पनि सहयोग हुने गच्छदारले बताए ।

राष्ट्रिय सहमतिको सरकारबाट संविधानको कार्यान्वयनसँगै मुलुकलाई कम्तीमा तीन वर्षसम्म अघि बढाउनुपर्ने उनको भनाइ थियो । मुलुक अझै पनि राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै उनले यस्तो अवस्थामा सरकार फेर्ने खेल अनुपयुक्त भएको बताए ।

भरखरै संविधान जारी भएको, महत्वपूर्ण १६ बुँदे सहमतिको जगमा बनाइएको संविधानको कार्यान्वयका लागि मुख्य दलबीच सहमतिको आवश्यकता रहेको उनले औंल्याए । ‘पहिल्यैदेखि यस्तो सहमति जरुरी थियो’ गच्छदारले भने, ‘तर त्यो बेला पनि सहमति जुट्न नसक्दा बहुमतीय आधारमा सरकार बन्ने अवस्था भयो, अब फेरि अस्थिरता ल्याउने खाले गतिविधि भन्दा मुख्य दलबीच सहमति महत्वपूर्ण हो ।'


फेरि बहुमतीय सरकार बनाए मुलुकका लागि दु:खद : गच्छदार Reviewed by marumala srinu on 5:35 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.