Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

छत्तीसगढ : बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

वैशाख २३ – भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । छत्तीसगढको बलरामपुर–रामानुजगञ्ज 
जिल्लाको दलधोवमा दुर्घटनाग्रस्त हुँदा बसमा रहेका अरु यात्रु गम्भीर घाइते भएका छन् । ज्यान जानेको संख्या अझै बढ्न सक्ने उद्दारमा घटिएका प्रहरीले जनाएका छन् ।
 झारखण्डबाट छत्तीसगढको राजधानी रायपुरका लागि छुटेको बस बुधबार राति पौने ११ बजे अनियन्त्रित भएर सडक छेउमा रहेको नालीमा पल्टिएको हो । 
बस तीब्र गतिमा रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारी सदानन्द कुमारले बताउनुभयो । बसमा ६३ जना यात्रु रहेकोमा गम्भीर घाइते भएका १६ जनालाई थप उपचारका लागि बिलासपुर रेफर गरिएको छ । अरु २२ जनाको बलरामपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 


छत्तीसगढ : बस दुर्घटना हुँदा १३ जनाको मृत्यु Reviewed by marumala srinu on 5:37 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.