Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आइपिएल : गुजरातलाई पछि पार्दै कोलकाता शीर्ष स्थानमा

वैशाख २३ – कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा किंग्स इलाभेन 
पञ्जावलाई सात रनले हराएर कोलकाता शीर्ष स्थानमा उक्लिएको हो । कोलकाताले प्रस्तुत गरेको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जावले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो । 
पञ्जावका ग्लेन म्याक्सवेलले ४२ बलमा ६८, ऋिद्धिमन साहले २० बलमा २४ तथा अक्षर पटेलले सात बलमा २१ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन । 
कोलकाताका आन्द्रे रुसेलले चार तथा पियुष चावलाले दुई विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको कोलकाताले तीन विकेटको क्षतिमा एक सय ६४ रन बनायो । 
उसका लागि रोविन उथप्पाले ४९ बलमा ७०, कप्तान गौतम गाम्भीरले ४५ बलमा ५४ तथा युसुफ पठानले १६ बलमा नटआउट १९ रन बनाए ।
 ९ खेलमा ६ मा विजयी र तीनमा पराजित भएको कोलकाताको १२ अंक छ । समान १२ अंक जोडेको गुजरात लाइन्स रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ । ८ खेलमा दुईमा विजयी र ६ मा पराजित भएको पञ्जाव चार अंकसहित पुछारमा छ ।
आइपिएल : गुजरातलाई पछि पार्दै कोलकाता शीर्ष स्थानमा Reviewed by marumala srinu on 5:39 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.