हेल्मेट लगाउँदा कपाल झर्छ ? यी कुरामा ध्यान दिनुहोस्

हेल्मेट लगाउँदा कपालको जरासम्म अक्सिजन पुग्दैन भन्ने कतिपय मानिसहरुको भ्रम रहने गरेको छ । तर यो सत्य होइन । कपालको जरासम्म अक्सिजन पुग्न बाहिरी हावा चाहिदैंन । कपालले शरीरको रगतबाटै अक्सिजन लिने गर्छ । धेरै कसिलो तरिकाले कपाल बाँध्दा पनि कपालमा एक प्रकाको चोट पर्न सक्छ । कसिलो हेल्मेट लगाउँदा रगतमा प्रवाहमा असर भई कपाल झर्ने चाहि हुन सक्छ ।
तर हेल्मेट वा लगाउने टोपी सधैं सफा हुनुपर्छ । फोहोर हेल्मेट र टोपी लगाउँदा कपालको जरामा संक्रमण हुन्छ । जुन कपाल झर्नमा कारण बन्न सक्छ ।
हेल्मेट लगाउँदा यी कुरामा ध्यान दिनुहोस्
हेल्मेट लगाउँदा वा झिक्दा हतार नगरिकन आरामसँग लगाउने र निकाल्ने गर्नुपर्छ । जोडसँग हेल्मेट निकाल्दा पातलो कपाल चुडिन सक्छ ।
राम्रोसँग सफा गरेर मात्र हेल्मेट वा टोपी लगाउनुपर्छ । फोहोर हेल्मेटले संक्रमण बढाई कपाल झार्छ ।
कपाल झर्नबाट रोक्न रुमाल बाँधेर हेल्मेट लगाउने गर्नुपर्छ ।
तालु खुइलिने कारण
कपालको जरा कमजोर हुनु
शरीरमा पोषक तत्वको कमी
तनाब वा अत्यधिक चिन्ता
शिरमा रक्तसञ्चार प्रवाह नहुनु
महिलामा मासिक धर्म रोकिनु
तालुमा कुनै संक्रमण हुनु
गर्भ निरोधक चक्कीको प्रयोग गर्नु
थाइराइडको बिमारी
वंशानुगत कारण
तालु खुइलिने लक्षण
कपाल पातलो हुँदै जानु
कपाल छिटो झर्नु
शिरको मध्यभागमा पातलो हुनु
हातको नङ रुखो हुनु
कपाल बचाउने अन्य उपाय
धेरै स्याम्पुको प्रयोगले कपाललाई नरम बनाउनुको साटो झन् खराब गर्न सक्छ । तसर्थ सातामा एकपटक भन्दा बढी स्याम्पुको प्रयोग नगर्ने । बरु विकल्पको रुपमा कन्डिसनर प्रयोग गर्ने ।
कपाल रुखो छ भने स्याम्पु प्रयोग गरेपछि तत्काल कन्डिसनर लगाउने ।
नुहाएपछि ओभाउनका लागि कहिल्यै पनि रुमाल वा गम्छाले कपाललाई नलपेट्नुहोस्, बरु कुनै टिसर्टले कपाल निर्चोनुहोस् ।
नुहाएपछि कपाल सुक्नेबित्तिकै कपाल नबाँध्नुहोस् ।
सातामा एकपटक कपाललाई तेलले मालिस गर्ने । नरिवल, बदाम, जैतुनको तेलले मालिस गर्दा कपाललाई आवश्यक पर्ने पोषक तत्व प्रदान हुन्छ र कपालको जरा बलियो बनाउन मद्दत गर्छ ।
दुई–दुई महिनामा कपाल काट्ने । ड्यामेज हेयरले अन्य कपाललाई बढ्नबाट रोक्ने गर्छ ।
आफ्नो कपालले जुन उत्पादन सहन्छ सोही उत्पादन मात्र नियमित प्रयोग गर्ने गर्नुपर्छ ।
(दीहेल्थसाईटडटकम)
No comments: