Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

स्वास्थ्यकर्मी र सेनाका जवानले रक्तदानपछि शल्यक्रिया गरेर मृत बच्चा निकालेर आमाको ज्यान बचाए

बाजुरा, वैशाख २२ – प्रसुतिका बेला अत्याधिक रक्तश्राव भएर समस्यामा परेकी बाजुराकी महिलालाई स्वास्थ्यकर्मी तथा नेपाली सेनाका जवानले रगत दिएर बचाएका छन् । तर शिशुको भने ज्यान जोगाउन नसकिएको स्वास्थ्यकर्मीले बताए । २२ वर्षकी बसन्ती विष्टलाई मार्तडीको स्वास्थ्य कार्यालयमा प्रसुति हुन नसकेको चार दिनपछि बोकेर कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा ल्याइएको थियो । विष्टलाई जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी र नेपाली सेनाका जवानले रगत दिएका हुन् । गाउँको स्वास्थ्य चौकीमा प्रसुतिका लागि लगिएकी उहाँको त्यहाँ उपचार हुन नसकेपछि आफन्तले बोकेर कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा ल्याएका थिए ।
चार दिनसम्म प्रसव पीडा भएपनि शाल ननिस्कँदा उहाँले बच्चा जन्माउन सक्नुभएको थिए । त्यसक्रममा रक्तश्राव हुँदा विष्टमा हेमोग्लोविनको मात्र कम भएको थियो । स्वास्थ्यकर्मी र सेनाका जवानले रक्तदानपछि शल्यक्रिया गरेर मृत बच्चा निकालेर आमाको ज्यान बचाएको आकश्मिक प्रसुति केन्द्रका स्त्री रोग विशेषज्ञ डा. राजन न्यौपनेले बताउनुभयो । ‘डाक्टर भगवान रहेछन्, भाउजुलाई बचाई दिया । रगत चाहिएको थियो डाक्टरले पहिले आफ्नै रगत दिए र पछि अरुको खोजी दिए’ विष्टका देवर रामबहादुर विष्टले बताउनुभयो । ‘दुई जिउकी हुँदा रगत बगेर गाउँमा धेरैको ज्यान गएको थियो, उता घरमा दाइको समेत खुट्टामा चोट लागेर हिँडडुल गर्न सक्दैनन्’ रामबहादुरले भन्नुभयो ‘भाउजुको शरीरमा हेमोग्लोविनको मात्र जम्मा दुई प्वाइन्ट थियो, सामान्यतया मानिसको शरीरमा ६ प्वाइन्ट भन्दा माथि हुनुपर्ने डाक्टर भन्छन् ।’
रगत नपाएर छट्पटिएको खबर नेपाली सेनाले पाएपछि पाँच जना जवान एक–एक पिन्ट रगत दान गर्न सोमबार बिहान जिल्ला स्वास्थ्य कार्यालय आएका थिए । नेपाली सेनाका जवान रुपेश आले मगर, रामसिंह नेपाली, बुद्धिबहादुर उपरकोटी, डबल तामाङ्ग, गणेश सिंह ठगुना र स्वास्थ्य कर्मीहरु डा. राजन न्यौपाने, बिक्की प्रसाईं र टेकबहादुर खड्काले विष्टलाई रगत दिएका थिए ।
बाजुरामा हरेक वर्ष रक्तश्रावका कारण गर्भवती महिलाको ज्यान जाने गरेको छ । आर्थिक वर्ष २०६९/०७० मा चार जनाको, ०७०/०७१ मा घटेर एक जनाको मात्र ज्यान गएको थियो । यस आर्थिक वर्षमा पनि तीन जनाको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांकमा राखिएको यो संख्या स्वास्थ्य संस्था बाहिरको हो । तर यसमा सबै घटना दर्ता नभएको तथ्यांक शाखाका कर्मचारी रुगुम थापाले बताउनुभयो । थापाले दिएको जनकारी अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुनेको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०६९/०७० मा ४८ प्रतिशत, ०७०/०७१ मा घटेर ४३ प्रतिशत र अहिलेको वर्षमा बढेर ५५ प्रतिशत पुगेको छ । अहिले पनि जिल्लाका ४५ प्रतिशत महिला स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेका छन् ।
जिल्लामा रहेका एक नगरपलिका र २४ गाविसमा जम्मा चार वटा गाउँ विकास समिति जुकोट, बिच्छ्याँ, वाइ र कोटिला गाविसमा बर्थिङ सेन्टर समेत छैनन् । अन्यमा २२ वटा बर्थिङ सेन्टर र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा र सदरमुकाम मार्तडीमा आकश्मिक प्रसुति केन्द्र छ । जिल्लाका स्वास्थ्य संस्था सबैको पहुँचमा छैन् । नेपाल सरकारले एक घण्टामा स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य सेवा पाउने भनेपनि तीन दिन लगाएर पनि स्वास्थ्य संस्था पुग्न नसकिने बिच्छ्याँ गाउँ विकास समिति–१ की महिला स्वास्थ्य स्वयं सेविका पासाङ लामा (कुँवर) ले बताउनुभयो ।
‘स्वास्थ्य संस्थामा गर्भवतीका लागि अक्सिटासिन समयमा पाइँदैन’ कोटिला स्वास्थ्य चौकीका इन्चार्ज जसी सहानिले बताउनुभयो । जिल्लामा समेत नेपाल रेडक्रस सोसाइटी बाजुराले बल्ड बैंक स्थापन गर्नुपर्ने हो तर केन्द्रबाट स्वीकृति नपाएका कारण समस्या भएको छ । बाजुरामा नेपाली सेना, प्रहरी, स्वास्थ्यकर्मी बाहेकले रगत दिन नमान्ने नेपाल रेडक्रस शाखा बाजुराका रमबहादुर शाहीले बताउनुभयो ।
स्वास्थ्यकर्मी र सेनाका जवानले रक्तदानपछि शल्यक्रिया गरेर मृत बच्चा निकालेर आमाको ज्यान बचाए Reviewed by marumala srinu on 12:58 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.