Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कक्षा १२ को अंग्रेजी प्रश्नपत्रमा ७ ठाउँ गल्ती

काठमाडौँ, वैशाख २० – उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष लिएको कक्षा १२ को अंग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ । 

सोमबारदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको पहिलो दिन अंग्रेजी बिषयको परीक्षा थियो । सोमबारको अंग्रोजीको प्रश्नपत्रमा सातभन्दा बढी ठाउँमा गल्ती भेटिएको हो । 

नवोदित उच्च माध्यमिक विद्यालय सामाखुसीमा परीक्षा दिएका नेशनल स्कुल अफ साइन्स निस्ट कलेजका विद्यार्थी अमिर चौलागाईंले वार्षिक परीक्षाको प्रश्नपत्र गल्ती हुँदा आफूहरु अन्योलमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रश्नपत्र नै गल्ती भएपछि कसरी उत्तर दिने ?’ 

त्यही कलेजमा परीक्षा दिएका अर्का विद्यार्थी अभिषेक विष्टले देशभर भएको परीक्षाको प्रश्नपत्रमा यस्तो गल्ती हुँदा विद्यार्थीमा समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले त काठमाडौँबाट परीक्षा दिएका छौँ, केही नबुझे सोध्न सक्छौँ, तर विकट जिल्लामा परीक्षा दिनेका लागि यस्तो प्रश्नपत्रले कस्तो सन्देश देला ?’ 

उच्च माध्यमिक विद्यालय सङ्घ हिसानका काठमाडौँ जिल्ला उपाध्यक्ष तथा अंग्रेजी विषयका शिक्षक राजेन्द्र अधिकारीले यस्तो प्रश्नपत्रले विद्यार्थीको मनमा डर, मानसिक समस्या उत्पन्न हुने बताउनुहुन्छ ।

कक्षा १२ को अंग्रेजी प्रश्नपत्रमा ७ ठाउँ गल्ती Reviewed by marumala srinu on 1:04 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.