अपडेट- सप्तरीमा बस पल्टिँदा ३२ जना घाइते, ४ जना गम्भीर
सप्तरी– सप्तरीको कञ्चनपुर–५ मा बस पल्टिँदा ३२ जना घाइते भएका छन्। जसमा चार जना गम्भीर रहेकाे इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ। धनगढी-१६ का हरिकृष्ण चौधरी, रामप्रसाद चौधरी, विमला देवी चौधरी र छिरिया देवी चौधरी गम्भीर घाइते भएका हुन्। उनीहरूलाइ थप उपचारका लागि बिराटनगर लगिएकाे छ । बाँकी २८ जनालाइ स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेकाे छ।
कैलालीबाट रिजर्भ भएको नाझख ९७४६ नम्बरको बस मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनमा भाग लिन आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए।
अपडेट- सप्तरीमा बस पल्टिँदा ३२ जना घाइते, ४ जना गम्भीर
Reviewed by marumala srinu
on
12:58 AM
Rating:
No comments: