नविल बैंकको नाफामा नाकाबन्दीको असर देखिएन
२० वैशाख, काठमाडौं । मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजुत पनि नविल बैंकको नाफा बढाएको छ । बैंकले चालू आर्थिक वर्ष २०७२/०७३ को नौ महनिा अर्थात तेस्रो त्रैमासमा २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले सोमबार प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणमा गत वर्षको भन्दा यो वर्षको नाफा २६ प्रतिशतले बढेको उल्लेेख छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको नाफा वृद्धिको मुख्य स्रोत नै व्याज आम्दानी हो । गत वर्षको चैत मसान्तमा २ अर्ब ६८ रोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले यो वर्षको चैत मसान्तमा ३ अर्ब ४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
बैंकको व्यवसायको आकार बढेपछि व्याज आम्दानी बढेको र व्याज आम्दानी बढेपछि नाफा बढेको हो । ०७२ चैत मसान्तमा बैंकले १ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षकेा यसै अवधिमा बैंकले ७० अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
एक वर्षको अवधिमा बैंकले केही कटाएको छ । ०७१ चैत मसान्तमा कूल कर्जाको २.०५ प्रतिशत रहेको बैंकको खराब कर्जा ०७२ चैत मसान्तमा १.४९ प्रतिशतमा झरेको छ ।
त्यस्तै, यस अवधिमा बैंकको वाषिर्क प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५८ पैसा छ भने प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ७५ करोड रुपैयाँ छ ।
Reviewed by marumala srinu
on
12:43 AM
Rating:

No comments: