मुटुको शल्यक्रियापछि पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यमा सुधार
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
बल्खुस्थित वयोधा अस्पतालमा एक सातादेखि मुटुरोग सम्बन्धी उपचार गराइरहेका अध्यक्ष चन्दको स्वास्थ्यमा राम्रो प्रगती हुँदै गएको पार्टीका प्रवक्ता किरण गिरीले जानकारी दिए ।
केही दिनअघि उनको मुटुको शल्यक्रिया गरिएको थियो । आजदेखि पूर्वप्रधानमन्त्री चन्दले सामान्य कुरा गर्ने तथा झोलिलो खानेकुरा खान थालेका छन्छ । प्रवक्ता गिरीका अनुसार उनको स्वास्थ्यमा अहिले जस्तै सुधार हुँदै गएमा चाडै अस्पताल मुक्त गर्न सकिने छ ।
मुटुको शल्यक्रियापछि पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यमा सुधार
Reviewed by marumala srinu
on
12:37 AM
Rating:
Reviewed by marumala srinu
on
12:37 AM
Rating:

No comments: