Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प

जाकार्ता: इन्डोेनेसियाको पश्चिमी लाम्पुङ्ग प्रान्तमा सुमात्रा द्वीपमा सोमबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको समाचार छ । 
 
स्थानीय भू–गर्भ अध्ययन संस्थाले यस भूकम्प ६.१  म्याग्निच्यूडको मापन गरिएको जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । 
 
सो भूकम्प जाकार्ताको स्थानीय समयाअनुसार सोमबार विहान ११ः२१ मा गएको थियो । यस भूकम्पको केन्द्रविन्दु ताङ्गगाम्असहरबाट २३ किलोमिटर दक्षिणपश्चिममा भू–सतहबाट ११५ किमी गहिराईमा रहेको जनाइएको छ । 
 
इन्डोनेसियालाई भूकम्पीय प्रकोपले सताउने गर्दछ । यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिइएको प्राप्त समाचारमा जनाइएको छ । 
 
यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको कुनै विस्तृत समाचार भने प्राप्त नभएको जनाइएको छ । एजेन्सी 

इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प Reviewed by marumala srinu on 7:55 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.