कैलालीमा प्रहरी प्रमुख बिष्टको दादागिरी, स्थानीय आक्रोशित
धनगढी २१ बैशाख । पछिल्लो समयमा पटक पटक विवादमा आइरहेका कैलालीका प्रहरी प्रमुख राजेन्द्र बिष्टबाट व्यबसायीहरु समेत पीडित बनेका छन् ।
प्रहरी प्रमुख बिष्टले आफ्ना सहयोगीमार्फत रकम असुल्दै आएको तथा रकम दिन अस्वीकार गरेमा विभिन्न बहानामा दुःख दिने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
मागे अनुसारको रकम नदिने व्यवसायीलाई हेरौला भन्दै धम्काउदै पटक पटक दुःख दिने गरेको भन्दै व्यवसायीहरुमा त्रास बढेको छ भने अर्कोतर्फ व्यापार नै बन्द गर्नुपर्ने अवस्था सृजना भएको धनगढीका एक हार्डवयर व्यवसायीले बताउनुभयो ।
प्रहरीले पछिल्लो पटक सोमबारमात्रै भन्सार गरि ल्याएको ११३ थान मोटरसहितको गाडी नियन्त्रणमा लिई एक रात अत्तरियामा राखेको र कोहलपुर पठाउन लागेको जानकारी गराएको छ । भन्सारबाट भन्सार रकम तिरेर नेपाल ल्याइएको गाडीलाई भन्सार तिरेभन्दा बढी मोटर भएको सूचना पाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको र पछि भन्सार काटे अनुसारकै मोटर भेटिएपछि अनेक बहानामा आफूले दुःख पाएको एक जना व्यापारीले गुनासो गर्नुभयो । उहाँले आफूलाई न्यायका लागी पहल गरिदिन विभिन्न निकायलाई आग्रह गर्नुभयो । आफूले सबै प्रक्रिया पुरा गरेर समेत व्यापार गर्न नपाएको भन्दै व्यापार नै बन्द गर्नुपर्ने अवस्था सृजना भएको उहाँले बताउनुभयो ।
यसविषयमा कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरीप्रसाद पाण्डेले भन्सार गरेर पठाएको र प्रहरीलाई शंका लागे सम्बन्धित निकायमा अनुसन्धानका लागि पठाउनुपर्नेमा एक रात नियन्त्रणमा राखिनु गलत भएको प्रतिक्रिया दिनुभयो ।
संगठित रुपमा नै प्रहरी कालो बजारियाहरुको संरक्षणमा रहेको धनगढीका एक जना व्यवसायीको आरोप छ । अबैद्यानिक तरिकाले काम गरिरहेकाहरुसंग प्रहरीको साठँगाठ बलियो भएको र रिसीविको कारण प्रहरीमार्फत आफूहरुलाई विना अर्थ दुःख दिइरहेको भन्दै यसको विरोध गर्ने प्रहरी पीडित व्यापारीहरु बताउँछन् ।
प्रहरी सुरक्षा तथा जनताको हकहितमा काम गर्नुको साटो समुदायमा त्रास फैलाउन सक्रिय भएको भन्दै यसको चर्को विरोध हुन थालेको छ । व्यवसायीहररुको छाता संगठन उद्योग बाणीज्य संघ कैलालीका अध्यक्ष शकंर बोगटीले बिभिन्न बहानामा प्रहरीले व्यवसायीहरुलाई दुःख दिइरहेकोप्रति आफूहरुको ध्यान आर्कषण भएको भन्दै यसको विरोध गरिने बताउनुभयो ।
नेकपा एमालेका जिल्ला सचिब रणबहादुर चन्दले पछिल्लो समय प्रहरीप्रति जनगुनासा बढेको भन्दै संयमित भएर काम गर्न सुझाब दिनुभयो । आफ्नो कार्य क्षेत्रभन्दा बाहिर गएर काम गर्दा प्रहरी आलोचित हुँदै गएको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्षीराम आचार्यले जिल्ला प्रहरी कार्यालयमै पीडित र पीडक भन्दा पनि जतातिरबाट बढी रकम आयो त्यसकै पक्षमा प्रहरीले केस मिलाउने गरेको भन्दै प्रहरीको आलोचना गर्नुभयो ।
प्रहरीको गतिबिधिले पछिल्लो समयमा प्रहरी जनमैत्री बन्न नसकेको कुरा विभिन्न कार्यक्रममा सरोकारवालाहरुले सार्वजनिक रुपमै उठाउदै आएपनि प्रहरी क्रियाकलापमा सुधार नआउँदा स्थानीयमा आक्रोश बढ्दै गएको छ ।
महत्वपुर्ण सुचना लुकाउने देखी व्यापारीहरुमा त्रास तथा पीडकहरुको संरक्षण गरिरहेको भन्दै सरोकारवालाहरु प्रहरीप्रति जनविश्वासमा कमी आइरहेको भन्दै प्रहरीको आचरणमा सुधार आवश्यक रहेको बताउँछन् ।- दैनिक नेपाल डट कम
कैलालीमा प्रहरी प्रमुख बिष्टको दादागिरी, स्थानीय आक्रोशित
Reviewed by marumala srinu
on
8:20 PM
Rating:
Reviewed by marumala srinu
on
8:20 PM
Rating:

No comments: