Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चिराइतोको मूल्य तीन गुणाले घट्यो

वैशाख २२, २०७३- औषधि बनाउन प्रयोग हुने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य अघिल्ला वर्षहरूको तुलनामा करिब तीन गुणाले घटेको छ । प्रतिमन (४० किलो) ३५ हजारसम्म पुगेको मूल्य घटेर यो वर्ष १२ हजारमा सीमित भएको छ । उत्पादन बढे पनि मूल्यमा आएको गिरावटले कृषकमा चिन्ता बढाएको छ । 

दुई वर्षअघि ३५ हजारले बिक्री गरेको चिराइतो यो वर्ष १२ हजारमा बिक्री गर्नुपरेको तापेथोकका बुद्धवीर लिम्बुले बताए । अधिक मूल्य लिने थोरै किसानले १५ हजार रुपैयाँ लिएका थिए । राम्रो मूल्य आउने आसमा किसानले खेतबारी मासेर चिराइतो लगाएका थिए । विभिन्न रोगले अलैंची मर्दै गएपछि कृषकहरू चिराइतो खेतीतर्फ लागेका थिए । तर, यही अवस्था रहे जंगलबाट संकलन गर्ने कि नगर्नर्े भन्ने अवस्थामा पुगेको याम्फुदिनका किसान रामबहादुर तामाङ बताउँछन् । 

सिँचाइको धेरै आवश्यकता नपर्ने र अन्य खेतीभन्दा कम मिहेनत लाग्ने भएकाले किसानको आकर्षण बढ्दो थियो । तर, गत वर्ष यस पल्टको बजार भाउले आफूहरूलाई निराश बनाएको लेलेपका नुपु शेर्पाले बताए । यस्तो गुनासो पाँचथरका कृषकको पनि छ । प्राङबुङका कृषक देउप्रकाश तामाङ जंगलमा फलाउनुपर्ने, मजदुरमा धेरै लागत लाग्ने र त्यसको प्रतिफल राम्रो नभएकाले निराशा बढेको बताउँछन् । १५ देखि २८ सय मिटर उचाइमा हुने चिराइतो संकलन भइसकेको छ ।

चैतदेखि वैशाख १५ सम्ममा संकलन गरी सकिन्छ । किसानहरू संकलन गरिसकेपछि बिक्री गरिहाल्न चाहान्छन् । तर, बेच्दा लगानी पनि नउठ्ने भएकाले समस्या बढेको उनीहरूको गुनासो छ । ताप्लेजुङको याम्फुदिन, लेलेप, तापेथोक, ममांखे, खेबाङ, सुरुमखिम र पाँचथरका पहाडी क्षेत्र सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापु, लुङ्रुपा, रानीटार, पौवासारताप, चिलिङदेन, सराङडाँडा र कुरुम्बा लगायतका गाविस बढी चिराइतो उत्पादन हुने क्षेत्र हुन् । 

ताप्लेजुङमा १९ र पाँचथरमा १७ टनभन्दा बढी अलैंची उत्पादन हुने गरेको उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख छ । चिराइतो खेतीमा सरकारले पनि कृषकलाई आकर्षित गरेको छ । सरकारी तथा गैरसरकारी निकायको माध्यमबाट खेती प्रणालीसम्बन्धी तालिम प्रदान गरेको छ । तर, मूल्य निर्धारण नगरेका कारण किसानले भने हैरानी पाएका छन् । पहिला भारत जाने चिराइतो तीन वर्षयता तिब्बत निर्यात हुँदै आएको छ । व्यवसायीले हेलिकप्टरमा समेत तिब्बत पठाएका छन् । 


चिराइतोको मूल्य तीन गुणाले घट्यो Reviewed by marumala srinu on 9:59 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.