Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

श्रीमानको मृत्यु लगत्तै श्रीमतीले प्राण त्यागिन्, एकसाथ चितामा

पर्साको परसौनीबिर्ता ८ इटियाहीमा एउटै चितामा पति–पत्नीको अन्तिम संस्कार गरिएको छ ।
मंगलवार ९० वर्षीय बाबूलाल राउत यादव र उनकी पत्नी चनकली देवीको गाउँको उत्तरपट्टि रहेको श्रीसिया नदीमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
त्यति मात्र होइन, एउटै पचाटीमा पति–पत्नीको शव श्मशाघन घाट लगिएको थियो ।
सोमवार दिउँसो २ बजे पति बाबूलालको मृत्यु भएको थियो । त्यति बेला नेशनल मेडिकल कलेज वीरगंजमा मस्तिष्काघातको कारण उपचारार्थ भर्ना भएकी पत्नी चनकली देवीलाई मृतक पतिसँग अन्तिमपटक भेट्न घर ल्याउँदा पतिको मुख हेर्नेबित्तिकै उनी बेहोश भइन् र २० मिनेटमैं शरीर त्याग गरेको छोरा श्रीचन्द्र यादवले बताए ।
दुई साता अघि मस्तीष्कघात भएकी चनकलीलाई उपचारको लागि काठमाडौं लगिएको थियो । काठमाडौंमा उपचारबारे छोरा श्रीचन्द्रले पिता बाबूलाललाई जानकारी गराएका थिएनन् ।
सोमवार बिहान पत्नीको अवस्थाबारे पतिलाई जानकारी भएपछि खाना खाई कोठामा सुतेको र त्यही बेला उनको मृत्यु भएको छोरा श्रीचन्द्रले बताए ।
जेठो छोरा मुनिलाल यादवले उनलाई दाग बत्ती दिएका थिए । पति–पत्नीको एउटै अन्तिम संस्कार हुनु सम्भवतस् पर्सा जिल्लामा पहिलो घटना हो । पतिपत्नीको एकैपटक मृत्यु भएकोमा गाउँ र वरपरका बासिन्दा आश्चर्यमा परेका छन् ।
श्रीमानको मृत्यु लगत्तै श्रीमतीले प्राण त्यागिन्, एकसाथ चितामा Reviewed by marumala srinu on 8:48 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.