Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सुन्दर बन्न र प्रतिरक्षा प्रणाली बलियो बनाउन मह र दालचिनी

तीन चम्चा मह र एक चम्चा दालचिनीको धूलोको पेष्ट बनाएर राती सुत्ने बेलामा अनुहारमा लगाउनुहोस् । बिहान तातोपानीले धुनुहोस् । दुई हप्तासम्म लगाउने हो भने अनुहारमा चमक आउँछ र दागसमेत हट्छ ।
मह र दालचिनीको उपयोगले प्रतिरक्षा प्रणालीलाई शक्तिशाली बनाउछ । रगतमा सेता रक्त कोषीकाको वृद्धि हुन्छ, जसले भाइरसको आक्रमणबाट शरीरलाई सुरक्षा प्रदान गर्छ । यसका साथै जीवणु र भाइरल बिमारीबाट पनि लड्ने क्षमता वृद्धि हुन्छ । दालचिनी र महलाई समान परिणाममा मिसाएर एक्जिमा, दाद भएको ठाउँमा लगाउदा निको हुन्छ ।
यसैगरी मह र दालचिनीको धूलोलाई पेष्ट बनाएर रोटीसंग चोबेर खानुहोस् । घिउ या जामको रुपमा यसलाई उपयोग गर्न सकिन्छ । यसबाट धमनीमा कोलस्टेरोल जम्मा हुन पाउदैंन र हृदयाघातबाट बच्न सकिन्छ । जसलाई एकपटक हृदयाघात भैसकेको छ, यो तरिकाबाट उपचार गर्दा अर्कोपटकको हृदयाघातबाट बच्न सकिन्छ । यसलाई नियमित उपयोग गरियो भने चाँडो–चाँँडो श्वास लिने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।
मूत्रथैलीको संक्रमण भएमा दुई चम्चा दालचिनीको धुलो र एक चम्चा मह मिसाएर तातोपानीसंग खानाले मुत्रनली र मुत्राशयको संक्रमणमा फाइदा पुग्छ  ।
कोलेस्टेरोलको मात्रा बढेको छ भने दुई चम्चा मह र तीन चिया चम्चा दालचिनीको धुलो मिसाएर आधा लिटर मनतातो पानीसंग खानुहोस् । यसबाट २ घण्टामै कोलेस्टेरोलको मात्रा १० प्रतिशत घट्छ ।
मह र दालचिनीको धूलोको मिश्रण सेवन गरेमा पेट दुखाई र पेटको अल्सर ठीक हुन्छ । दालचिनी र महको प्रयोगले पेटको वायुको पनि समाधान हुन्छ ।
सुन्दर बन्न र प्रतिरक्षा प्रणाली बलियो बनाउन मह र दालचिनी Reviewed by marumala srinu on 8:43 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.