सोनिया, राहुल र मनमोहनलाई गिरफ्तार गरी छोडियो
- एजेन्सी , नयाँ दिल्ली
विश्व
सोनिया, राहुल र मनमोहनलाई गिरफ्तार गरी छोडियो
प्रकाशित: वैशाख २४, २०७३
वैशाख २४, २०७३- भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी र पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायतलाई भारतीय प्रहरीले गिरफ्तार गरी केही मिनेटमै छोडेको छ ।
भारतको राजनीति, अध्ययन संस्थान र अन्य सामाजिक क्षेत्रमा भाजपा गठबन्धनले ‘आक्रमण’ गरेको भन्दै यसको विरोधमा कांग्रेसले निकालेको र्यालीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
‘सेभ डेमोक्रेसी’को नारामा जन्तरमन्तरबाट निस्किएको र्याली संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले अवरोध गरेको थियो । उनीहरुलाई पक्राउ गरेर १५ मिनेटमा छोडिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
सोनिया, राहुल र मनमोहनलाई गिरफ्तार गरी छोडियो
Reviewed by marumala srinu
on
11:58 PM
Rating:

No comments: