आमाको मुख हेर्ने दिन गायिका इन्दिराले ल्याइन 'पंख देऊ मलाई'
काठमाडौं–आमाको मुख हेर्ने दिनलाई प्राथमिकता दिएर गायिका इन्दिरा जोशीको 'पंख देऊ मलाई' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। आमा छोरीको प्रगाढ सम्बन्धलाई प्रोत्साहन गर्दै छोरीलाई अघि बढाउने एउटी आमाको प्रयासलाई गीतमा समेटिएको छ।
नितिन चन्द्रले निर्देशन गरेको म्युजिक भिडियोमा गायिका जोशीसहित अभिनेत्री दीया मास्के, सरिता गिरी र सृष्टि महर्जनले अभिनय गरेका छन्। बुधबार गायिका इन्दिरा जोशीको आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा छोरीको सपना पुरा गर्न आमाले दिएको प्रोत्साहनको कथा समावेश गरिएको छ।
'प्रोत्साहन प्रतिभाको, जीत ममताको' सन्देश बोकेको गीतको कोरियोग्राफी नृत्य आँगनले गरेको हो। 'जीवनमा संघर्ष गरेर अघि बढ्न चाहाने सबैप्रति यो गीत समर्पित छ,'गायिका जोशीले भनिन्।
गीतको भावबाट काम गर्न प्रोत्साहित भएकी अभिनेत्री दीया मास्केका अनुसार गीतमा सहभागि हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। 'कलाकारले सधै पैसाको लागि काम गर्दैनन्। यो गीतले एउटा प्रोत्साहित कथा समेटेको हुँदा यो गीतमा सहभागि हुँदा खुसी लागेको छ,' उनले भनिन्।
आमाको मुख हेर्ने दिन गायिका इन्दिराले ल्याइन 'पंख देऊ मलाई'
Reviewed by marumala srinu
on
12:07 AM
Rating:
Reviewed by marumala srinu
on
12:07 AM
Rating:

No comments: