पानी नहुँदा अञ्चल अस्पतालमा अप्रेसन रोकियो !
पथरी (मोरङ)- शुद्ध पानीको अभावमा कोसी अञ्चल अस्पताल विराटनगरमा आज शल्यक्रिया रोकिएको छ ।
अञ्चल अस्पतालले सञ्चालन गरेको खानेपानी तान्ने मोटर बिग्रिएकाले शल्यक्रियालगायतका उपचार पद्धतिमा पानीको आवश्यक पर्ने भएकाले अञ्चल अस्पतालमा गरिने शल्यक्रिया रोकिएको सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले बताए । उनले भने, ‘आज बेलुकासम्ममा खानेपानीको आपूर्ति व्यवस्था सहज हुन्छ, बन्दै छ ।’
शल्यक्रिया बन्द भएपछि विभिन्न स्थानबाट आकस्मिक शल्यक्रियाका लागि ल्याइने बिरामीलाई निजी स्वास्थ्य संस्थामा रेफर गरिएको छ ।
कोसी अञ्चल अस्पतालका प्रसूति रोग विशेषज्ञ डा योगेन्द्र मिश्रले भने, ‘इमर्जेन्सी शल्यक्रियाका लागि निजी स्वास्थ्य संस्थामा रेफर गरेका छौँ ।’
अस्पतालको शल्यक्रिया सेवा प्रभावित भएपछि विपन्नले महँगो मूल्य लिएर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य भएका छन् । मोरङ थलाहाबाट प्रसूति गराउन सो अस्पताल ल्याउनुभएका अर्जुन मुर्मले भने, ‘प्राइभेट अस्पतालमा लगेर भए पनि प्रसूति गराउनै प¥यो ।’
अस्पतालको बहिरङ्ग विभागमा उपचार गर्न आएका सर्वसाधारणले अस्पताल परिसरमा खानेपानी नपाएपछि महँगो मूल्य हालेर मिनरल वाटर किनेर खाने गरेका छन् ।
सप्तरीबाट उपचारका लागि आउनुभएका सन्तोष मेहताले भनने, ‘खान मात्र होइन शौचालय जाँदासमेत मिनरल वाटर किनेर लान्छाँै ।” पानीको अभावले अस्पतालमा शौचालय दुर्गन्धित हुन थालेको छ । रासस
Reviewed by marumala srinu
on
9:05 AM
Rating:

No comments: