Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

फिटनेश विश्व च्याम्पियनसिपमा दुई नेपाली छनोट

काठमाडाैं- फिटनेशको विश्व च्याम्पियनसिपका लागि दुई नेपाली छनोट भएका छन् । अष्ट्रेलियाको मेलवर्नमा आइतबार भएको प्रतिस्पर्धामा प्रा श्रेष्ठ र सञ्जीव चौधरीले प्रो कार्ड जितेका हुन् ।
श्रेष्ठले महिलातर्फ गोल्ड मेडल जित्दै विश्व च्याम्पियसिपमा छनोट भएका हुन् भने चाैधरी पुरुषतर्फ दोस्रो हुँदै विश्व च्याम्पियसिपका लागि छनोट भएका हुन् ।
दुवैले अगामी जेठ २८ गते हंगेरीमा हुने विश्व च्याम्पियनसिपमा भाग लिनेछन् । इन्टरनेशनल नेचुरल बडिबिल्डिङ एसोसियशनले आयोजना गरेको प्रतिस्पर्धामा अष्ट्रेलियाका विभिन्न सात स्थानका प्रतिस्पर्धीहरु सहभागी थिए ।
'नौ वर्षपछि विश्व च्याम्पियसिप खेल्ने सपना पूरा भएको छ,' नागरिकन्युजसँग टेलिफोनमा चौधरीले भने, 'अबको लक्ष्य विश्व च्याम्पिय बन्ने हो ।' गोल्ड मेडल विजेता प्रा श्रेष्ठले पनि विश्व च्याम्पियसिपमा छनोट हुन पाएकोमा खुसी लागेको बताइन् । 'सबै एउटा सपना हुन्छ । विश्व च्याम्पिय खेल्ने, विश्व च्याम्पियन बन्ने, त्यो सपना आज नजिक आएको छ,' प्राले भनिन् ।
चौधरी शनिबार पनि दुई अवार्ड जितेका थिए । उनले पुरुषतर्फको फिटनेश च्याम्पियसिपमा प्रथम हुँदै ट्रेनर अवार्ड जिेतका थिए । शनिबारै उनले फिजिक्स नोभिसतर्फ दोस्रो भए ।
चौधरी ट्रेनर अवार्डसँगै अगामी अक्टुबरमा हुने बाली प्याराडाइज इन्टरनेशनल सोका लागि छनोट पनि भएका छन् । हालसम्म तीन वटा गोल्ड मेडल जितिसकेको उनले दुवै खेलमा आफ्नो बेस्ट प्रस्तुती दिने बताए । 'फिटनेशले आज अन्तर्राष्ट्रिय प्लाटफर्ममा खेल्ने अवसर मिलेको छ,' उनले भने, 'दुवै ठाउँको खेलमा आफ्नो बेस्ट प्रस्तुती दिनेछु । '

फिटनेश विश्व च्याम्पियनसिपमा दुई नेपाली छनोट Reviewed by marumala srinu on 2:04 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.