Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

हामीलाई लागेको छैन मजदुर दिवस : काम नगरी माम पाइदैन

उदयपुर / १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज देशका विभिन्न स्थानमा सभा सम्मेलन गरेर मजदुर दिवस मनाइँदै छन् । राजनीतिक दल आवद्ध विभिन्न ट्रेड युनियनको साथै गैरसरकारी संघ संस्थाले उदयपुरको विभिन्न ठाउँबाट मजदुर हकहितका चर्का नारा लगाउँदै ठूला ठूला ब्यानर, नाराको प्लेकार्ड हित ¥याली निकाले तथा सभा सम्मेलन गरे । कतै कतै चियापान समारोह, रक्तदान कार्यक्रम गरे । तर यो आवाजले दिनभरी काम गरेर बिहान बेलुकी छाक टार्न बाध्य मजदुरलाई भने छुन सकेन । के रिक्सा मजदुर, के ढुंगा बालुवा गिट्टी चालेर दिन गुजारा गर्ने मजदुर, के इँटाभट्टा, के घर निर्माण, के व्यापार या त खेती नै गर्ने किन नहुन उनीहरु मजदुर दिवसको दिन होस् या अरु दिन नै किन नहोस् काममा रटिन बाध्य छन् ।
यसै समयमा आइतबार उदयपुरको सदरमुकाम गाईघाट बजारमा सुनसरी इनरुवाका १५ वर्षिय दिनेश राईले ठेलामा हिमशिखर सप्लार्य एण्ड टेडर्समा सकी नसकी हार्ड वेयरको समान ओसारी रहेको थियो । उनलाई प्रश्न गर्दा मजदुर दिवस बारे थाह छ ? ‘उनले मलाई थाह छैन,’ बताए । ‘ठेला चलाएर पाँच जनाको परिवार पालेको छु, कताको जानु मजदुर दिवस थाह हुनु ।’ राईले भने– ‘मैले एक दिन ठेला चलाइन भने घर परिवारका सदस्य भोकै हुन्छ ।’ उनले थपे– ‘मजदुर दिवसमा खान लाउन दिँदैन क्यारे ।’
यस्तै उनीसँगै त्रियुगा नगरपालिका–७ भुल्केका निर्मल मल्लपनि सकी नसकी हार्ड वेयरको सामान ठेलामा ओसारी रहेको थियो । उनलाई मजदुर दिवस बारे थाह छ, प्रश्न गर्दा थाह छ भने तर हामी दैनिक रोजीरोटी गर्नेलाई के को मजदुर दिवस । उनले भने– ‘सरकारी अफिसमा काम गर्ने र सरकारी कलकारखानामा काम गर्नेलाई पो हो, मजदुरको नाउँमा रानीतिक गर्ने नेताहरुको लागि मात्रै हो, मजदुर दिवस’, उनले यतिमात्रै बुझेका थिए । यस्तै त्रियुगा नगरपालिका–३ सोनापुर गाईघाटका ठेला मजदुर सुकदेव वि.क.ले आफुलाई मजदुर दिवसको बारेमा थाह नभएको बताए । उनले प्रतिप्रश्न गरे, मजदुर दिवस भनेको के हो ?
यसै समय उदयपुरको सदरमुकाम गाईघाटमा विभिन्न मजदुर संगठनहरुले मोटर साईकल ¥याली गरे, कहि कतै रक्तदान कार्यक्रम गरे, कहि ठूला ठूला व्यानर र नाराको प्लेकार्ड सहित ¥याली गरिरहेको थियो भने उसै समय त्रियुगा नदीको किनारमा गिट्टी, बालुवा चालेर गुजारा चलाउने मजदुरसम्म पुग्दा त्यहाँ गिट्टी, बालुवा चालिरहेको थियो । त्यहाँ काम गर्नेहरुको संख्या करिव एक दर्जनभन्दा बढी संख्यामा अन्य दिन जस्तै धुँवा–धुलोको बीच गिट्टी, बालुवा चालिरहेको थियो । ‘हामी बालुवा चाली खानेलाई के को मजदुर दिवस ? त्यो त पैसा हुने खाने टाठाबाठाहरुको दिवस हो ? भो सर हामीलाई मजदुर दिवसको बारेमा नसोध्नु होला । उदयपुरको त्रियुगा नगरपाकिला ३ घर भएकी डम्बर कुमारी बोटले त्रियुगा खोलामा बालु चाल्दा चाल्दै बोलेका शब्द हुन । उनलाई गिट्टी, बालुवा चालेर खानु सिवाय अरु कुनै पनि दिवसको बारेमा थाह छैन् । उनीसँगै उनका छोरा १५ वर्षिय पर्वत बोटलाई पनि मजदुर दिवसको बारेमा जानकार नरहेको बताए ।
यस्तै त्रियुगा नदीमा बालुवा चालिरहेका लिला बोटलाई प्रश्न गर्दा तपाईलाई मजदुर दिवसको बारेमा थाह छ ? भन्दा उनले भनिन, ‘हामीलाई दिवस र चाडबाडको खुसी आउने भए त्रियुगाको किनारमा बालुवा चाल्ने थियौ र ? सर । उनीहरुको कामको तालिका पनि निश्चित थिएन । सधैझै उनीहरु एकाविहानै गिट्टी, बालुवा चाल्न खोला आएका थिए र न त खानपानको राम्रो व्यवस्था थियो, न त आरामको व्यवस्था थिए । मनोरञ्जनको त परै जाओस् ।
उनीहरुलाई प्रश्न गर्दा १७ औं शताब्दीमा मजदुरहरुले गरेको संघर्षले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकारको ग्यारेण्टी गरेको छ भन्दा उनीहरु हामीलाई काम कति घण्टा गर्नु पर्ने, आराम कति घण्टा गर्नु पर्ने र मनोरञ्जन कति घण्टा गर्नु पर्ने त्यो हामीलाई थाह छैन तर हामी विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म गिट्टी, बालुवा चालेर यहि खोलामा दिन विताउँछौ, माया बोटले बताईन । यसरी काम गर्नेहरुको एउटै आवाज छ–‘एकदिन मजदुरको नाममा चर्को नाराबाजी गरेर मात्रै मजदुरको दुख पीडा समाधान हुँदैन ।
यस्तै नेकपा एमाले निकट जिफण्ट लगायतका संघ संस्थाले आयोजना गरेको मजदुर दिवसमा त्रियुगा नगरपालिका–७ मोतिगडाका निर्माण मजदुर सुजन चौधरी भन्दै थिए, “आज जुलुसमा जानु छ ।” उनले मजदुर दिवस हो भन्नेसम्म थाहा भए पनि आफूलाई धेरै कुरा थाहा नभएको बताए । यो दिवसका दिन काम नगर्ने र कमाएर सँगालेको केही रुपियाँ खर्च गरेर मीठो चोखो खाने अनि रमाइलो गर्ने केही वर्षअघिको परम्परा भने उनले बुझेका थिए । दैनिक ज्याला मजदुरी गरेर पाँच सय रुपैयासम्म पनि कमाउने गरेका चौधरी यस्ता जुलुसमा गएर श्रमिकका हकहितमा केही प्रभाव नपर्ने र कसैले केही नगर्ने बताउँछन् । “हामीलाई जुलुसमा गएपनि जुलुशले खान दिँदैन्, “तैपनि साथीभाइ जाउँ भन्छन, जुलुसमा गइन्छ ।”
सुजनको छेउमै हातमा प्लेकार्ड बोकेर उभिएका दिपेशले भने आफूहरू बल्ल हक अधिकारका विषयमा सचेत बन्न थालेको बताए । ‘सुजनले जस्तै जस्तै काम गर्छु’, उनले भने, ‘भर्खर चासो राख्दैछौ, अर्को मे दिवसमा सबै भनौला हई ।’हामीलाई मजदुर दिवस भन्ने थाहा छ तर काम नगरी सुख छैन ।’ जो मजदुर छ उसैलाई दिवसले छुन सकेको छैन । सीमित मजदुर र कर्मचारीबाहेक अन्य सबै मजदुरहरु आज पनि काममा व्यस्त छन् ।
माथिका केही त केबल पात्र मात्र हुन, श्रमिक दिवस र यसको कार्यक्रम ¥यालीमा भाग लिएर हुने फाइदाका विषयमा धेरै मजदुर र श्रमिक अनभिज्ञ छन् । १२७ वर्षअघि अमेरिकाको सिकागोका मजदुरले आठ घण्टा काम, त्यति नै समय आराम र त्यति नै मनोरञ्जनको माग राख्दै मजदुरले गरेको आन्दोलनबाट प्राप्त सफलताको प्रतिकको रूपमा विश्वभरि मजदुर दिवस मनाउने गरिएको छ । तर नेपाली श्रमिक तथा कामदारलाई आफ्ना हक अधिकार के हुन् भन्ने आजसम्म पनि थाह छैन ।

हामीलाई लागेको छैन मजदुर दिवस : काम नगरी माम पाइदैन Reviewed by marumala srinu on 2:06 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.