Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

२० लाख बराबरको खोरेत विरुद्धको भ्याक्सिन निःशुल्क

बनेपा, काभ्रेपलाञ्चोकमा पशुलाई निःशुल्क रुपमा रु २० लाख बराबरको खोरेत रोग विरुद्धको भ्याक्सिन (एफएमजी ) लगाइएको छ ।
जिल्ला पशुसेवा कार्यालयका १० वटा सेवा केन्द्रमार्फत स्थानीय दुग्ध सहकारी संस्था, पाराभेट, पशु प्राविधिकको संलग्नतामा सो खोप लगाइएको हो । अहिलेसम्म ४० हजार डोज लगाइएको छ भने ६० हजार डोज भ्याक्सिन लगाउने लक्ष्य रहेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो ।
पशुपालनको पकेट क्षेत्र मानिने उग्रचण्डीनाला, बनेपा, पनौती, काशिखण्ड दाप्चा नगरपालिका, पाँचखाल नगरपालिका, कुशादेवी, महादेवस्थान, तिमाल, रोशी लगायतका क्षेत्रमा खोरेत रोग विरुद्धको भ्याक्सिन लगाइएको हो । रासस

२० लाख बराबरको खोरेत विरुद्धको भ्याक्सिन निःशुल्क Reviewed by marumala srinu on 2:02 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.