Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

रोगसँग लड्ने क्षमता बढाउन खानुहोस् यी खानेकुरा

beautiful-healthy-girlरोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन एप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ । तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं । यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन ।

बदाम

Peanuts in Shell New1
दैनिक ८ देखि १० वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्न शक्ति समेत प्राप्त हुन्छ । यसबाट प्राप्त हुने भिटामिन ईले शरीरमैं रहेका नेचुरल किलर सेल्स बढाउन मद्दत गर्छ। विषाणु र क्यान्सरयुक्त कोशिकालाई नष्ट गर्न सघाउछ । बदामले शरीरमा बी टाइपको कोशिकाको संख्या बढाउने काम गर्छ। यी कोशिकाले एन्टिबडिज निर्माण गर्छन्, जसले शरीरमा भएका हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सहायता गर्छ। बदाममा पाइने भिटामिन ईले छालालाई स्वस्थ बनाउनुका साथै रिंकल समेत बस्न दिँदैन ।

सुन्तला

oranges
सुन्तला, कागती, अनार, कटहर आदि फलमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइन्छ। यसले हरेक रुरोगसँग लड्ने श्वेत रक्तकोशिका निर्माण गर्न मद्दत गर्छ । यस्ता फलको सेवनबाट बन्ने एन्टिबडिज कोशिकाको सतहमा एक प्रकारको आवरण बनाउँछ, जसले शरीरभित्र भाइरस पस्न दिँदैन । त्यसैगरी कोलेस्ट्रोल बढाउँछ र ब्लडप्रेसरलाई पनि नियन्त्रणमा राख्छ। यसले हृदयको धमनीमा बोसो जम्ने प्रक्रियालाई कम गर्छ। यी फलमा पाइने नेचुरल केमिकल कम्पाउन्डले शरीरको रोग प्रतिरोधक क्षमतालाई समेत सक्रिय बनाउँछ ।

लसुन

garlic
लसुनले धेरै मात्रामा एन्टी अक्सिडेन्ट बनाएर मानव शरीरको इम्युन सिस्टमलाई बिरामसित लड्ने शक्ति प्रदान गर्छ। यसमा सलिसिन नामक तत्व पाइन्छ, जसले शरीरलाई इन्फेक्सन र ब्याक्टेरियासित लड्ने शक्ति प्रदान गर्छ। प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।

पालुंगो

पौष्टिक तत्वले परिपूर्ण यो तरकारीलाई सुपर फुड पनि भनिन्छ । यसमा फोलेट नामक तत्व पाइन्छ । जसले शरीरमा नयाँ कोशिका बनाउनुका साथै ती कोशिकामा रहेका डिएनएको मर्मत गर्ने काम पनि गर्छ साथै यसमा भएको फाइबर आइरन, एन्टी अक्सिडेन्ट तत्व र भिटामिन सीले शरीरलाई हरेक तबरबाट स्वस्थ राख्छ । उमालेको पालुंगो सेवन गर्नाले पाचन प्रणालीले सही ढंगमा काम गर्छ र कब्जियतको समस्या पनि कम भएर जान्छ ।

मसरुम

mushroom-farming-in-nepal
शरीरको रोग प्रतिरोधक क्षमता बढाउन मसरुम अत्यन्त लाभदायक हुन्छ । यसले श्वेत रक्त कोशिकालाई सक्रिय बनाएँछ । यसमा सेलेनियम नामक मिनरल, एन्टी अक्सिडेन्ट तत्व भिटामिन सी, रिबोफलेविन तथा नाइसिन नामक तत्व पाइन्छ । मसरुममा एन्टी भायरल, एन्टी ब्याक्टेरियल तथा एन्टी ट्युमर तत्व हुन्छ। प्रतिदिन ३० ग्राम मसरुम सेवन गर्न सके इम्युन सिस्टम बलियो रहन्छ। सलाद, सुप र पास्तासित यसको राम्रो प्रयोग हुन सक्छ।

ब्रोकाउली

brocolli

ब्रोकाउलीमा भिटामिन ए र सीबाहेक ग्लुटाथियोन नामक एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ । स्टिम गरेर यसलाई सलादका रुपमा सेवन गर्दा शरीरलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियम प्राप्त हुन्छ 

रोगसँग लड्ने क्षमता बढाउन खानुहोस् यी खानेकुरा Reviewed by marumala srinu on 2:21 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.