स्कारलेटको स्लिम एन्ड सेक्सी शरिरको सूत्र (फोटो फिचरसहित)
एजेन्सी- हलिउडकी सर्वाधिक सुन्दरी नायिकाको सुचिमा उत्कृष्ट १० भित्र पर्छिन स्कारलेट जोहनसन । स्वास्थ्यप्रति निकै सचेत स्कारलेटले आमा बनेको केही महिनामा नै आफ्नो शरिरलाई पुरानै अवस्थाको जस्तो बोल्ड एन्ड सेक्सी बनाउन सफल भएकी थिइन् । उनले सार्वजनिक रुपमै भनेकी थिइन् ‘फिट रहनका लागि अरुको जस्तो निश्चित समय मात्र डाइटिङ र धेरै एक्सरसाइज गरेर शरिर कहिले पनि स्वस्थ हुँदैन । त्यो क्षणिक हुन्छ । यस्का लागि त नियमित एक्सरसाइज र खानामा सचेत हुनुपर्छ ।’ उनी गर्भवती रहँदा समेत चिकित्सकको सल्लाह अनुसार व्यायामहरु गर्थिन । स्वस्थ बच्चा जन्माइसकेपछि उनले स्लिम र सेक्सी शरिरका लागि नियमित एक्सरसाइजलाई केही बढाइन र खानामा रेसादार खानाहरु बढी खाइन् । ‘प्रत्येक दिन दौडने र एक्सरसाइज गर्ने गर्नुपर्छ,’ उनले भनिन्, ‘यस्का साथै धेरै मात्रामा सलाद र फाइबरयुक्त खाना खाने गर्नुपर्छ । हामी सागसब्जी, तरकारी तथा फलफुल खाँदा बोक्रा फालेर खाने गर्छौ तर त्यसो गर्नु राम्रो होइन । राम्रोसँग पखालिएका र सम्भव भएसम्म अर्गानिक खाना खानु फलदायी हुन्छ ।’ उनले आफ्नो स्लिम एन्ड सेक्सी ज्यानको सुत्र पनि यही भएको बताइन् ।
स्कारलेटको स्लिम एन्ड सेक्सी शरिरको सूत्र (फोटो फिचरसहित)
Reviewed by marumala srinu
on
2:28 PM
Rating:
Reviewed by marumala srinu
on
2:28 PM
Rating:





















No comments: