ब्यवस्थापिका–संसदको दोस्रो अधिवेशन आजबाट सुरु
ब्यवस्थापिका–संसदको दोस्रो अधिवेशन आजबाट सुरु भएको छ । आज बसेको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भयो ।

व्यवस्थापिका–संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बसेको बैठकमा राष्ट्रपति विद्या भण्डारीले पठाउनुभएको पत्र पढेर सुनाइएको हो । अर्को बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ । चालु अधिवेशनमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नयाँ आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । यद्यपि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने अधिवेशनकै समयमा भूकम्पपछिको पुनर्निर्माणको बिषयमा सरकारको चर्को आलोचना गर्ने सम्भावना रहेको छ । त्यस्तै यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण र देशका विभिन्न स्थानमा भएका आगलागीलगायतका सार्वजनिक महत्वको विषयमा छलफल हुनेछ भने २४ र २५ गते प्रि–बजेट छलफल हुनेछ । व्यवस्थापिका संसदमा राष्ट्रपति भण्डारीले वैशाख २६ गते सम्बोधन गर्ने तयारी छ ।
ब्यवस्थापिका–संसदको दोस्रो अधिवेशन आजबाट सुरु
Reviewed by marumala srinu
on
12:05 AM
Rating:
No comments: