‘यस्ता नौटंकीलाई किन दिने चन्दा ? भन्दै’ बाबुराममाथि व्यापारी जंगिएपछि…
काठमाडौं, १७ वैशाख । नयाँ शक्तिले वैशाख महिनाभर चन्दा उठाउने अभियान सुरु गरेको जनाएपनि हालसम्म कोही कसैले पनि उल्लेख्य रुपमा चन्दा नदिएको बताइएको छ ।
चन्दाका लागि उद्योगी, व्यवासायीलाई पूर्व–सचिव रामेश्वर खनाल र डा भट्टराईको हस्ताक्षर भएको पत्र पठाइएको जनआह्वान साप्ताहिकले समाचार छापेको छ ।
यस्ता नौटंकीलाई किन दिने चन्दा भन्दै चन्दा माग्नेसँग जंगिएका उद्योग वाणिज्य महासंघका एक नेता तथा उद्योगीकाअनसार चन्दा पत्रमा रकम नै तोकर मागिएको छ, जब की नयाँ शक्तिले केही समय पहिले गरेको पत्रकार सम्मलेनमा कोही कसैलाई पनि जवरजस्ती चन्दा नलिने र लिएको पाइए त्यस्तलाई कारवाही गर्ने जनाएको थियो ।
सो घोषणा विपरित पछिल्लो पटक पूर्व सचिव खनालले उद्योगी एवम् व्यवासायीलाई हामी त एकाध वर्षमा सरकारमा पुगी हाल्छौ, हामीलाई कमजोर ठाने राम्रो हुँदैन भन्दै धम्कीको सैलीमा चन्दा दिन भनेका छन् ।
‘यस्ता नौटंकीलाई किन दिने चन्दा ? भन्दै’ बाबुराममाथि व्यापारी जंगिएपछि…
Reviewed by marumala srinu
on
9:20 PM
Rating:
Reviewed by marumala srinu
on
9:20 PM
Rating:

No comments: