Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अम्बर गुरुङ फेरि अस्पताल भर्ना

काठमाडौं– गायक तथा संगीतकार अम्बर गुरुङ फेरि अस्पताल भर्ना भएका छन्। गत महिना भारतको मेदान्त अस्पतालमा दुईमहिनाको उपचारपछि स्वदेश फर्केका गायक गुरुङ आरामको क्रममा अस्वस्थ भएकापछि ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारार्थ बिहीबार भर्ना भएका हुन्।
अस्पतालको पाँच सय १ नम्बर बेडमा रहेको गायक गुरुङलाई पानी र पोषणको कमी भएपछि अस्पतालमा उपचार गर्नु परेको चिकित्सक डा.विजेश खनाललाई उधृत गर्दै उनका छोरा राजु गुरुङले नागरिकन्युजलाई बताए । 'शरिर शिथिल छ बुबाको,' उनले भने,'त्यसमाथि खानाप्रति अरुचिले थप शिथिल बनायो ।' चिकित्सकको हेरचाहमा अहिले उनलाई दुईपोका रगत,सलाईन पानीमा भिटामिन मिलाएर खुवाईएको छोरा राजुले जनाए ।
बुढानिलकण्ठस्थित घरमा आराम गरिरहेका गायक गुरुङलाई भेटघाट गर्ने मानिसहरु नआउँदा निकै उदास रहने गरेको उनका सहयोगी रतन चन्दले बताए । घाँटीको खानेनलीमा ट्युमर पलाएपछि भारतमा उपचार भएको थियो । ट्युमर निको पार्ने क्रममा रेडियो थेरापी गरिएपछि उनी निकै कमजोर भएका थिए। खान सहज बनाउन घाँटीमा पाईप जडान गरिएको छ । पेटको पाचनप्रणाली समेत कमजोर भएकाले पनि समस्या थपिएको हो।
उनलाई पार्किन्सनको समस्या पनि छ। उपचार पछि स्वास्थ्यमा केही सुधार आएपनि उनलाई अझै केही दिन अस्पतालमै राखिने जनाईएको छ। निको भएपछि गीत गाउने र संगीत भर्ने सोच गायक गुरुङले पालेका छन्।

अम्बर गुरुङ फेरि अस्पताल भर्ना Reviewed by marumala srinu on 8:59 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.