Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

यौन अपराधीको अनलाइन डाटाबेस बनाइँदै

नयाँदिल्ली- अमेरिका र बेलायतजस्तै भारत सरकारले पनि यौन अपराधीहरूको जानकारी अनलाइनमा राख्ने योजना बुन्दैछ। यो सूचीमा बलात्कार, गम्भीर यौन प्रताडना, पछ्याएर दुःख दिनेहरूसमेत संलग्न गरिने पिटिआईले जनाएको छ।
यो जानकारी राष्ट्रिय अपराध रेकर्ड ब्युरो (एनसिआरबी)को वेबसाइटमा प्रकाशित गरिनेछ। केन्द्रीय राज्य मन्त्री किरन रिजिजुले बुधबार राज्यसभामा यसबारे जानकारी दिएका थिए।
उनले भने, 'यौन अपराधीहरूको सूची बनाइँदैछ। यसबारेमा राज्य सरकारसँग पनि विस्तृत छलफल र जनताको रायका लागि पेस गरिनेछ। यसबारेमा अन्य मन्त्रालय र विभिन्न संगठनसँग पनि कुरा भइरहेको छ। यतिबेला सुरुवाती चरणमा काम भइरहेको जानकारी गराउँदछु।'
यौन अपराधीहरूको यस अनलाइन दर्ताका मुख्य बुँदामा दोषी अपराधीहरूको नाम, ठेगाना, तस्बिर, पेन कार्ड नम्बर, आधार कार्ड नम्बर, फिंगर प्रिन्ट र डिएनएका नमूना राखिनेछ। यसमा १८ वर्षभन्दा कम उमेरका दोषीसमेत सूचीकृत हुनेछन्। सजाय भुक्तान गरिसकेकाहरूको जानकारी मात्र राखिनेछ। अदालतमा मुद्दा विचाराधीन रहेका वा निर्दोष हुँ भनी मुद्दा हालेकाहरूको सूची राखिने छैन।
तीन वर्षअघि राजधानी नयाँ दिल्लीमा भएको एउटा बलात्कार र मृत्युको घटनापछि बलात्कारीको नाउँ सार्वजनिक गर्ने दबाब सरकारलाई दिइएको थियो।

यौन अपराधीको अनलाइन डाटाबेस बनाइँदै Reviewed by marumala srinu on 2:17 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.