एथ्लेटिको मड्रिडले बार्यन म्युनिखलाई हरायो
वैशाख १६ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिड विजयी भएको छ । मैदानमा बुधबार राति भएको खेलमा स्पेनिस क्लब
एथ्लेटिको मड्रिडले जर्मन क्लब बार्यन म्युनिखलाई १–० ले हराएको हो । एथ्लेटिकोको जितमा ११ औं मिनेटमा सउल निग्याजले गरेको गोल नै निर्णायक बन्यो ।
पहिलो हाफमा १–० ले पछि परेको बार्यनले दोस्रो हाफमा एथ्लेटिको मड्रिडलाई दबाबमा राख्यो, तर गोल भने गर्न सकेन । डविड अलाबाले प्रहार गरेको बल बारमा लागेर फर्कियो । यस्तै अटुरो भिडालको प्रहार गोल रक्षकले बचाए ।
दोस्रो लेगमा आउँदो मंगलबार बार्यनको मैदानमा हुने छ । यो खेलको विजेताले च्याम्पियन्स लिगको उपाधिका लागि रियल मड्रिड वा म्यानचेस्टर सिटीसँग आउँदो मे २८ मा खेल्ने छ ।
सदैब छिमेकी क्लब रियल मड्रिडको छायाँमा रहँदै आएको एथ्लेटिको मड्रिडले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । तर यसपटक बलियो प्रतिद्धन्द्धी
बार्सिलोनालाई क्वाटरफाइनलमा हराएर अन्तिम चारमा आएको एथ्लेटिकोले राम्रो प्रदर्शन गरिरहेको छ । एथ्लेटिको दुई पटकसम्म च्याम्पियन्स लिगको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन ।
एथ्लेटिको मड्रिडले बार्यन म्युनिखलाई हरायो
Reviewed by marumala srinu
on
7:21 PM
Rating:
No comments: