एमाले सांसदले न्यायाधीशलाई अदालतमै कुटिन्
वीरगन्जः आफूले चाहेको जस्तो फैसला नआएपछि एमालेकी सासंद नेजमा खातुनले जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाइ गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी छन् ।
सांसद खातुनका पति एवम् एमाले नेता स्वर्गीय महमुद आलमको हत्याको मुद्धामा बुधबार न्यायाधीश शर्माले रामचन्द्र प्याशी कुशवाहालाई १० वर्ष मात्र सजायको फैसला गरेपछि गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी हुन् ।
जिल्ला अदालत बाराको इजलाश नम्बर १ मा बुधबार न्यायाधीश शर्माले आलमको हत्यामा संलग्न प्याशीलाई १० वर्ष कैदको सजाय सुनाएका थिए । न्यायाधीश शर्माले मुद्धाको फैसला गरेलगत्तै सांसद खातुन र उनका समर्थकल न्यायधीश शर्मालाई गालीगलौज गर्दै होहल्ला गरेका थिए ।
अभद्र व्यवहार भएपछि न्यायाधीश शर्मा कार्यकक्ष छोडेर चेम्बर भित्र पसेका थिए ।
घटना लगत्तै अदालत परिसरमा जिल्ल प्रहरी कार्यालय बाराले प्रहरी नायव उपरिक्षक विनोद शर्माको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको थियो ।
खातुनका समर्थक र आफन्तले न्यायधिश शर्माको चेम्बरको झ्यालमा तोडफोड पनि गरेका थिए ।
हत्याका मुख्य योजनाकार रामचन्द्र प्याशी भएकाले उनलाइै सर्वश्वसहित जन्मकैदको फैसला हुनुपर्नेमा न्यायाधीश शर्माले १० वर्षको मात्रै सजायको फैसला गरेर अन्याय गरेको आरोप सांसद खातुनको छ । उनले न्यायाधीश शर्मा विरुद्ध न्यायलयको माथिल्लो निकायमा उजुरी गर्ने प्रतिक्रिया दिएकी छन् ।
आलमको हत्यामा संलग्न भारतीय नागरिकहरु विपिन यादव भन्ने महम्मद फहीद ,अतिक खान र राजु श्रीवास्तवलाई पनि जिल्ला अदालत बाराले १० वर्ष कैदको सजाय गरेको छ ।
अदालतले हत्यामै संलग्न अर्का भारतीय नागरिक रवि पाण्डे भन्ने राजेश मिश्रलाई मुख्य दोषी ठहर गरि २१ वर्ष कैदको सजाय गरेको छ ।
सांसद खातुनका पति एवम् दोश्रो संविधानसभा चुनावका एमाले उम्मेदवार आलमको २०७० साल असोज १८ गते बाराको लिपनीमाल गाविसमा गोली हानी हत्या भएको थियो ।
प्रहरीले सांसद खातुनको जाहेरीको आधारमा हत्याको मुख्य योजनकार बनाइ एमालेकै नेता प्याशीलाई २०७० साल मंसिर ६ गते पक्राउ गरेर मुद्धा दायर गरेको थियो ।
एमाले सांसदले न्यायाधीशलाई अदालतमै कुटिन्
Reviewed by marumala srinu
on
6:47 PM
Rating:

No comments: