ब्राड पिट र एन्जेलिना जोलीपछि सेलेना गोमेज चीनको कालोसूचिमा
बेइजिङ – सेलेना गोमेज चीनमा निकै चर्चित छिन् । उनलाई थुप्रै चिनियाँहरुले मन पराउँछन् । तर त्यसका बाबजुद सेलेनाको चीन भ्रमण रद्ध भएको छ । यसअघि उनले चीनमा दुईवटा कन्र्सट गर्ने तय थियो । तर शरणार्थी जीवन बिताइरहेका तिब्बती नेता दलाई लामासँग फोटो खिचेपछि उनलाई चिनियाँ सरकारले भिसा नदिने भएको छ ।
दुई वर्षअघि नै उनले यो फोटो खिचेकी थिइन् । धर्मगुरु दलाई लामा क्यानेडाको भ्यानकोभर भ्रमणमा रहेका बेला उनले फोटो खिचेकी थिइन् र त्यसलाई वर्डस् अफ विज्डम स्पिचलेश भनेर समाजिक सञ्जालमा अपलोड समेत गरेकी थिइन् ।
अहिले यसैकारण उनले चीनको भिसा नपाउने भएकी छिन् । तर गोमेजको टिम र चिनि दुबैले यस विषयमा आधिकारीक धारणा ल्याएका छैनन् । चीनले दलाई लामासँग जोडिएका कुनै पनि व्यक्तीलाई भिसा दिने गरेको छैन् । यसअघि नै ब्राड पिट र उनकी श्रीमती एन्जेलिना जोलीले पनि भिसा पाएका थिइनन् । त्यस्तै सारोन स्टोन, केटी पेरी र लेडी गागा समेत चीनको कालोसूचिमा छन् ।
ब्राड पिट र एन्जेलिना जोलीपछि सेलेना गोमेज चीनको कालोसूचिमा
Reviewed by marumala srinu
on
9:01 AM
Rating:
Reviewed by marumala srinu
on
9:01 AM
Rating:

No comments: