Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

लाप्राकमा दुई वर्षमा नमुना बस्ती निर्माण हुने : सरकार र एनआरएनएबीच पुननिर्माण सम्झौता

laprak (1)गोरखा – राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पको पीडालाई बिर्सन शोकलाई शक्तिमा बदल्नुपर्ने बताएकी छिन् ।

भूकम्पले क्षतिग्रस्त गोरखाको लाप्राक गाविसको पुनःनिर्माणका लागि आज यहाँ भएको त्रिपक्षीय सम्झौता कार्यक्रममा राष्ट्रपति भण्डारीले आफूहरु भूकम्पपीडित जनताको मनोबल उच्च बनाउन र सुखदुःख बाँड्न यहाँ आएको बताइन् ।

विपत्तिको सामना गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उनले भनिन्, “भूकम्पले घरबारविहीन भएकाको चाँडोभन्दा चाँडो उचित व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धताअनुसार काम अघि बढोस्, यही मेरो सुभेच्छा छ ।”

laprak (5)

विपद्मा धैर्य गरी सामना गर्ने स्थानीयको उच्च मनोबलको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले विपद्को घडीमा सहयोग गर्ने सबै स्वदेशी एवम् विदेशी सङ्घसंस्थाको सहयोगको प्रशंसासमेत गरिन् ।

दुःखलाई बिर्सेर उत्साहका साथ सबै मिलेर सुखद भविष्यका लागि लाग्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले पुनःनिर्माण र नवनिर्माण अभियानमा सबै मिलेर अघि बढेमात्र सफलता प्राप्त हुनेमा जोड दिइन् ।

गतबर्ष २०७२ मा ‘गोरखा भूकम्प’ गएको एक वर्षपछि आज गोरखाको लाप्राक गाविसको गुप्सीपाखामा आयोजित कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच त्रिपक्षीय सम्झौता भएको हो ।

laprak (2)

कार्यक्रममा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले क्षतिग्रस्त लाप्राकको बस्तीमा बन्ने नमुना गाउँ जस्तै मुलुकभर निर्माण गर्नुपर्ने बताए ।

उपाध्यक्ष श्रेष्ठले पूर्वाधार निर्माणका योजनामा सचेत भए भूकम्प रोक्न नसके पनि भूकम्पले गर्ने क्षतिलाई कम गर्न सकिने बताए ।

गोरखामा केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको भूकम्पले लाप्राक गाविसका सबै घर क्षतिग्रस्त भएका थिए । लाप्राक गाविसको सो बस्ती भूकम्पले चिरा परेर जोखिममा परेपछि सरकारले त्यस बस्तीलाई सोही गाविसको गुप्सीपाखामा रहेको सामुदायिक र राष्ट्रिय वनको १८।३२ हेक्टर जमिनमा सार्ने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै भूकम्पपीडित लाप्राकवासी गुप्सीपाखामा अस्थायी टहरा निर्माण गरी बसेका छन् ।

laprak (3)

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले क्षतिग्रस्त लाप्राकवासीका लागि एनआरएनएको सहयोगमा गुप्सीपाखामा नमुना एकीकृत बस्ती निर्माण हुने अवगत गराउँदै निर्माणमा सरकारले बाटो, खानेपानी, बिजुलीलगायत पूर्वाधार निर्माण गर्ने बताए ।

एनआरएनएले सरकारी तथ्याङ्कको सूचीअनुसार गुप्सीपाखामा दुई वर्षभित्रमा ५७८ घर निर्माण गर्ने सम्झौतामा आज हस्ताक्षर भएको छ । सो सम्झौतापछि एनआरएनएले प्रतिघर रु दुई लाख ५० हजार लागतमा नमुना एकीकृत बस्ती निर्माण गर्नेछ ।

laprak (4)

एनआरएनएका अध्यक्ष डा शेष घलेले आफूले नेपालको पुनःनिर्माण र नवनिर्माणमा सच्चा साझेदार बन्ने घोषणा गर्दै सहयोगका हात अघि बढाएको बताउनुभयो । अध्यक्ष डा घलेले पुनःनिर्माणमा सच्चा साझेदार बन्ने एनआरएनएको उत्कट चाहनाअनुसारको काम आजदेखि सुरु भएको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, गोरखाका प्रमुख श्यामकिशोर सिंह, लाप्राक गाविस सचिव ध्रुव पराजुलीलगायतले लाप्राकको पुनःनिर्माणमा नमुना बस्ती विकास गर्न सबैको सहयोग आवश्यक हुनेमा जोड दिए।

गाविसले बस्ती पुनःनिर्माणका लागि विस्तृत सर्भेक्षण गरी घर निर्माणका लागि सूची सार्वजनिक गरिसकेको छ । दुई वर्षभित्र घर निर्माण हुने सम्झौतासँगै लामो समयसम्म सरकारको आशामा मात्र रहेका लाप्राकवासीको मुहारमा खुसी छाएको छ । रासस


लाप्राकमा दुई वर्षमा नमुना बस्ती निर्माण हुने : सरकार र एनआरएनएबीच पुननिर्माण सम्झौता Reviewed by marumala srinu on 9:13 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.