कोहलीको शतक खेर गयो, बैङ्ग्लोर गुजरातसँग हार्यो
१२ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गुजरात लायन्सले रोयल च्यालेन्जर्स बैङ्ग्लोरलाई ७ विकेटले पराजित गरेको छ ।
बैङ्ग्लोरले विराट कोहलीको शतकको मदतमा १८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, ब्रेन्डन म्याकलम र दिनेश कार्तिकको शानदार प्रदर्शनको मदतमा अन्तिम ३ बल बाँकी छँदा लक्ष्य भेट्टायो ।
अन्तिम ओभरमा गुजरातलाई ७ रन चाहिएको थियो । शेन वाट्सनले नो बल फाले भने दोस्रो बलमा दिनेश कार्किकले एक रन लिए । अर्को बेलमा वाट्सनले वाइड फाले तर, ओभरको तेस्रो बलमा रविन्द्र जडेजाको विकेट लिए र बेङ्ग्लोरको आश जिवितै राखे ।
तर, नयाँ ब्याट्सम्यान ब्राभोले चौका हान्दै पुणेलाई शानदार जित दिलाएका छन् । म्याकलमले २४ बलमा ५ चौका र २ छक्कासहित ४२ रन बनाए । दिनेश कार्तिकले अविजित ५० रन जोडे ।
यसअघि पहिले ब्याटिङ गरेको बैङ्गलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८० रन बनाएको थियो । कप्तान कोहलीले ६३ बलमा ११ चौका र एक छक्काको मदतमा १०० रन बनाएका थिए ।
यो उनको आईपीएलमा पहिलो शतक थियो । तर, उनी टिमलाई जित दिलाउन भने असफल भएका छन् ।
Reviewed by marumala srinu
on
8:50 AM
Rating:

No comments: