Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आइपिएलमा दिल्ली डेयरडेभिल्स र सनराइजर्स हैदाराबाद विजयी

वैशाख १९ – इन्डियन प्रिमियर लिग आइपिएलको शनिबार भएका खेलमा दिल्ली डेयरडेभिल्स र सनराइजर्स हैदाराबाद विजयी भएका छन् । दिल्ली डेयरडेभिल्सले कोलकत्ता नाइट राइडरलाई २७ रनले हरायो । दिल्लीले ८ विकेट गुमाउँदै पुरै २० ओभर खेलेर १ सय ८६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको कोलकत्ताले १८ आभर ३ बलमा अलआउट हुँदै जम्मा १ सय ५९ रन मात्र बनायो । त्यस्तै आइपिएलकै अर्को खेलमा सनराइजर्स हैदाराबादले रोयल च्यालेन्जर्स बेंलोर माथि १५ रनको जित निकाल्यो । सनराइजर्सले ५ विकेट गुमाएर पुरा ओभर खेल्दै १ सय ९४ रन जोडेको थियो । जितका लागि १ सय ९५ रनको लक्ष्य पाएको रोयल च्यालेन्जर्सले ६ विकेट गुमाएर पुरा ओभर खेल्दै जम्मा १ सय ७९ रन जोडेको थियो ।
आइपिएलमा दिल्ली डेयरडेभिल्स र सनराइजर्स हैदाराबाद विजयी Reviewed by marumala srinu on 7:11 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.