जापानका भूकम्पपीडितलाई नेपालीले खुवाए खाना
वैशाख १९,२०७३- नेपाली जनसम्पर्क समिति जापानले जापानको क्युसु क्षेत्रका भूकम्पपीडितलाई खाना खुवाएको छ ।
क्युसु प्रिफेक्चरको कुमामोतो क्षेत्रका २४ सय भूकम्पपीडितलाई नेपाली खाना खुवाइएको समितिका जापान सभापति नारायण सुवेदीले जानकारी दिए । वैशाख ३ गते त्यहाँ गएको भूकम्पमा दर्जनौंको मृत्यु भएको थियो भने हजारौं घरबारविहीन भएका थिए ।
एक वर्षअघि नेपालमा गएको भूकम्पमा जापान सरकार र जापानी जनताले गरेको सहयोग गरेको स्मरण गर्दै सुवेदीले जापानीको दु:खमा पनि नेपाली समूदायले साथ दिएको बताए ।
सन् २०११ मा जापानमा गएको भूकम्पलगत्तै खटिएको नेपाली समूदायले खानपान र औषधिको व्यवस्था गरेको थियो ।
जापानका भूकम्पपीडितलाई नेपालीले खुवाए खाना
Reviewed by marumala srinu
on
7:13 PM
Rating:

No comments: