Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कोशी टप्पुमा रहेका अर्नाको संख्या बृद्धि

सुनसरी / विश्व रामसार सुचिमा सुचिकृत सुनसरीको कोशी टप्पु बन्यजन्तु आरक्षणमा रहेको दुर्लभ अर्नाको संख्यामा बृद्धि भएको छ । आरक्षणले गरेको गणना शनिवार सार्वजनिक गर्दै राष्ट्रिय निकुञ्ज बन्य जन्तु संरक्षण विभागका महानिर्देशक फणिन्द्रराज खरेलले अन्य सालको तुलनामा यस पटक अर्नामा बृद्धि भएको बताएका छन् ।
आरक्षण स्थापनाका कालमा ६३ ओटा अर्ना रहेता पनि पछिल्लो गणनामा अर्नाको सँख्या ३ सय २७ पुगेको थियो । यस पटकको गणनामा अर्नाको सँख्या बढेर ४ सय ३२ पुगेको बताइको छ ।
विश्वमा दुर्लभ बन्य जन्तुमा पर्ने अर्ना नेपाल सहित सँसारका ५ ओटा देशमा मात्र पाइन्छ । भारतको काजिरंगामा विश्वको ठुलो सँख्यामा अर्ना पाइन्छन् भने नेपालको सुनसरी स्थित कोशी टप्पु बज्य जन्तु आरक्षणमा दोस्रो ठुलो सँख्यामा अर्ना पाइन्छन् । यो बाहेक भुटान, कम्बोडिया र थाइलाइण्डमा मात्र अर्ना पाइएको रेकर्डले देखाएको छ ।
अर्ना गणना सार्वजनिक कार्यक्रममा उपस्थित भएका राष्ट्रिय प्रकृती संरक्षण कोषका सदस्य सचिव गोविन्द्र गजुरेलले संसारमा रहेका २५ सय सिमसार क्षेत्र मध्ये नेपालको कोशी टप्पु बन्य जन्तु आरक्षणमा विविधता रहेको हुँदा यस क्षेत्रको संरक्षण तथा सँबद्र्धनका लागि राज्यले विशेष पहल गर्ने बताए । आरक्षणका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहाले कोशी टप्पु सिमसार क्षेत्रमा अर्नाका लागि उचित बातावरण रहेको र आरक्षणले अर्नाको हेरचाहका लागि उचित प्रबन्ध गरेको हुनाले अर्नाको सँख्यामा बृद्धि भएको बताए ।

कोशी टप्पुमा रहेका अर्नाको संख्या बृद्धि Reviewed by marumala srinu on 6:54 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.