Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चुरेमा लागेको आगो निभाउँदै नेपाली सेना

भीमदत्तनगरःसाता दिनदेखि कञ्चनपुरको उत्तरी भेगमापर्ने चुरे क्षेत्रका सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नेपाली सेना जुटेको छ ।
डढेलोले भयानक रुप लिएपछि शनिबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरपालिका–३ मा पर्ने सहिद स्मृति सामुदायिक वनमा नेपाली सेनाको टोली आगो नियन्त्रणमा जुटेको हो ।
यहाँस्थित हनुमानध्वज गुल्मका सह सेनानी असिम श्रेष्ठको नेतृत्वमा गएको सैनिक टोलीले चुरे क्षेत्रका वनमा आगो नियन्त्रणमा जुटेको छ ।
उनले सेनालाई आगो नियन्त्रणमा सहयोग गर्ने सामुदायिक वनका पदाधिकारी र स्थानीय उपभोक्ता पनि चुरे क्षेत्रमा पुगेको जानकारी दिए ।
सुदूरपश्चिममा ७२ हजार हेक्टर भन्दा बढी वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर रहेको छ । सबै भन्दा बढी कैलालीमा ४० हजार हेक्टर वनमा डढेलो लागेको सुदूरपश्चिम क्षेत्रीय वन कार्यालयका प्रमुख निमित्त वन निर्देशक रमेश चन्दले जानकारी दिए ।
त्यसैगरी यहाँस्थित शुक्लाफाँट वन्यजन्तु आरक्षमा लागेको डढेलो नियन्त्रणका लागि पनि नेपाली सेनाको भवानीबक्स गणको टोली खटिएको छ ।
भवानीबक्सका गणपति प्रमुख सेनानी उत्तम थापाले आरक्षका विभिन्न भागमा आगो नियन्त्रणका लागि अहोरात्र टोली खटिएको जानकारी दिए ।
कञ्चनपुरमा १२ वटा अग्निनियन्त्रक युनिट डढेलो नियन्त्रणमा विगत केही सातादेखि लागि परेको भए पनि डढेलो नियन्त्रण तत्काल आउनसक्ने सम्भावना छैन ।
जसका कारण वन्यजन्तु र बस्तीमा आउनुका साथै डढेलोका कारण जैविक विविधतामासमेत असर परेको छ ।
सुदूरपश्चिममा नौ लाख ४७ हजार हेक्टर क्षेत्र वनले ओगटेको छ ।

चुरेमा लागेको आगो निभाउँदै नेपाली सेना Reviewed by marumala srinu on 6:51 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.