Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

'सायद २' छाडेपछि सन्ध्याले आखिर किन यस्तो स्टाटस सेयर गरिन्?

'सायद २'मा अभिनय गर्ने भनिएकी भिजे तथा अभिनेत्री सन्ध्या केसीले ‘सायद—२’ नखेल्ने घोषणा गरेकी छिन् । 'ड्रिम्स'बाट डेब्यू गरेकी  सन्ध्याले समय अभाव भएको भन्दै प्रोजेक्टमा काम नगर्ने घोषणा फेसबुकमा स्टाटस लेख्दै गरेकी हुन् । 

‘यो कुरा घोषणा गर्दा पीडा महशुस गरिरहेकी छु, समय मिलाउन नसकेका कारण सायद—२ मा अभिनय गर्न नसक्ने भएको छु,’ उनले फेसबुक स्टटासमा लेखेकी छिन्, ‘सायद—२ को प्रोडक्सन युनिटलाई म यो जानकारी गराउँछु कि मेरो पहिलो प्राथमिकता इमेज च्यानलको कार्यक्रम सञ्चालन गर्नु भएकोले सुटिङका लागि समय दिन सकिन।’

उनले आज लेखेको लामो स्टाटसमा ‘मैले तपाईको आग्रहले गर्दा नै ‘सायद—२’ मा अभिनय गरेकी थिए, तर म यो प्रोजेक्टबाट पछाडी हटेकी छु,’ उनको स्टाटसमा छ, ‘यसको कारण समयको ब्यवस्थापन गर्न नसक्नु नै हो’ लेखेकी छन्। 

सन्ध्याले फेसबुकमा स्टाटस लेख्दै फिल्म छाडेको घोषणा गर्नु अनौठो देखिएको छ। आज लेखिएको स्टासपछि सन्ध्याले आफ्नो फेसबुक वालमा यसअघि फिल्मबाट हटाइएका आशिरमान देशराज श्रेष्ठको स्टाटस सेयर गरेकी छन्।

उनले सेयर गरेको स्टाटसले फिल्मका निर्माता सुनिल रावलसँग गम्भिर मतभेद भएको देखाएको छ। उनले सेयर गरेको आशिरमानको स्टाटसमा आशिरमानले केहि मानिसहरूले आफूलाई मै हुँ भन्न छोड्नुपर्ने बताएका छन्। उनले स्टाटसमा आफूलाई फिल्मबाट निकालिएको भन्ने कुराको प्रतिवाद गर्दै आन्तरिक कारणले फिल्म छोडेको दाबी गरेका छन्।

'सायद २' छाडेपछि सन्ध्याले आखिर किन यस्तो स्टाटस सेयर गरिन्? Reviewed by marumala srinu on 2:18 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.